ब्रिटिश नागरिक टिउनेसियाबाट फिर्ता

british1

लण्डन | गएको महिना टिउनेसियामा भएको एक आक्रमणम ३० ब्रिटिश मारिएका थिए।जसको कारणले गर्दा ब्रिटिश सरकारले आफ्ना सम्पुर्ण नागरिकलाई फिर्ता बोलएको छ। आफ्नो जनताको सुरक्षाको लागी यो निर्णय लिएको र ४८ घन्टा भित्र सबैलाई फिर्ता बोलाउने योजना रहेको छ।

जुनको २६ गतेका दिन एक बन्दुक धारीले सो आक्रमण गरेका थिए जसमा ३८ जना बिदा मनाउन गएका ब्यक्ति मारिएका थिए। सो आक्रमण पछी टिउनेसियाले सुरक्षा ब्यबस्था कडा गरेको र यसरी पर्यटकलाई फिर्ता बोलाउन नहुने भन्दै टिउनेसिएन सरकारले यो निर्णय माथी असन्तुष्टि व्यक्त गरेको छ।

फिलिप ह्यम्मोनडका अनुसार अब यात्रा गर्दा केहि नियम परिवर्तन गर्नु पर्ने र यो काम केहि समयमा नै हुनेछ। यस्ता घटना घटे पछी पनि टिउनेसियन सरकार आतंकबादी कृयाकलाप रोक्न सफल नभएको भन्दै पर्यटकिय क्षेत्रमा सुरक्षा व्यवस्ता धेरै नै सुधार गर्नुपर्ने फिलिप ह्यम्मोनडले बताउनुभयो।

यस्को ठुलो प्रभाव भने टिउनेसियाको पर्यटन ब्यबसायमा परेको छ। होटेलहरु खाली हुने र जागिर गुमाउनु पर्ने डर उनिहरुमा छाएकोछ। यात्राको सबै रकम फिर्ता गर्नु पर्ने र टिउनेसिया जान बन्द गर्ने भन्दै धेरै एजेन्सीहरुले टिउनेसियको टिकट रद्ध गरेका छन्।