बङ्गलादेशमा भागदौड हुँदा कयौंको मृत्यु

bangladesh

बङ्गलादेशमा भागदौड हुँदा कयौंको मृत्यु भएको छ |रामादानको महिनामा धनी बङ्गलादेशीहरुले कपडा बाढ्ने गर्छन्।यसै क्रममा कपडा लिन एउटा कार्खानाको सानो गेटबाट सयौं मानिस भित्र छिर्दा यो घटना घटेको हो।

बङ्गलादेशको म्यामेन्सिङ्ह भन्ने शहरमा भएको उक्त भागदौडमा २३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। मालिकको लापरबाहीले घटना घटेको भन्दै प्रहरीले मालिकलाई हिरासतमा लिएको छ।

पहिले आफू भित्र जाने होडबाजि गर्दागर्दै भागदौड मच्चिएको थियो। त्याहाको एक टेलिभिजनले प्रसारण गरेको समाचारमा त्यस स्थानको भयावह रुप देख्न सकिन्छ।गेटको वरपर रगतले लतपतिएको चप्पल छरिएका छन्। म्यामेन्सिंह प्रहरी प्रमुखका अनुसार मृत्युहुनेहरू गरिब र दुब्ला पातला महिलाहरु छन्। मृत्युु हुने को संख्या अझै वृद्धि हुन सक्ने प्रहरिको भनाइ छ |