यूके नेपाल बडिबिल्डिङका प्रतिस्पर्धीलाई पछि पार्दै विप्लवले जिते उपाधि

लन्डन । बेलायतमा यूके नेपाल इन्टरनेसनल बडिबिल्डिङ लिग २०२५ सम्पन्न भएको छ।यूके नेपाल बडिबिल्डिङ लिङ्कको आयोजनामा सम्पन्न भएको हो

प्रतियोगिताको विशेष आकर्षणका रूपमा धर्मश्री विजेता तथा चर्चित बडिबिल्डर एबम स्ट्रेन्थ लिफ्टिङ विश्व बिजेता जिवन गिरी प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।जीवन गिरी १० औं वल्र्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडलिष्ट हुन् ।प्रमुख अतिथि जीवन गिरीलाई कार्यक्रम आयोजकहरू गंगा गुरुङ लगायतको टोलीले स्वागत गरेका थिए।

अल्डरसटमा आयोजित प्रतियोगिता कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष गंगा गुरुङ र विश्व च्याम्पियन, धर्मश्री २०५५ का विजेता जीवन गिरीले पानसमा बत्ती बालेर गरेका थिए ।धर्मश्री विजेता जिवन गिरीजस्तो व्यक्तित्वको उपस्थितिले कार्यक्रममा थप उत्साह र गौरव विषय बनेको थियो।प्रतियोगिताले बेलातामा नेपाली समुदायमा शारीरिक विकास र स्वास्थ्यप्रतिको चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

कार्यक्रममा उत्कृष्ट प्रतिभालाई विभिन्न विधामा पुरस्कृत गरिएको छ ।

यूके नेपाल इन्टरनेसनल बडिबिल्डिङ लिग २०२५ को उपाधि विप्लव कार्कीले जिते जितेका छन् ।
कार्कीले अन्य सात जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। उपाधिसँगै कार्कीले नगद १,००० पाउन्ड पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सुरेश गुरुङ उपविजेता घोषित भए भने खिम बहादुर पुर्जा पुन तेस्रो र गोकुल गुरुङ चौथो स्थानमा रहे ।
यसै गरी ४५ वर्षमाथिका प्रतिस्पर्धीहरूको ‘मास्टर क्याटेगोरी’मा नेत्र फगामी प्रथम, उमेशकुमार पुन दोस्रो, कबलसिंह राई तेस्रो र भीम आले चौथो स्थानमा आएका छन्।

त्यस्तै, मेन फिजिक्स क्याटेगोरीमा आयुष बुढाथोकी प्रथम, अनीश गुरुङ दोस्रो, नामहाङ सुनदिप लिम्बू तेस्रो र सोहन लामा चौथो भएका हुन् । यस्तै बिकिनी क्याटेगोरीमा गंगा के गुरुङ पहिलो स्थानमा रहिन् ।

सूर्य गुरुङ र सिभिरा लामाले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष लोक गुरुङले स्वागत मन्तव्य दिएका थिए
कार्यक्रममा प्रमुख अतिथि गिरीले आयोजक र सहभागीहरूलाई बधाई तथा शुभकामना दिएका थिए।

अध्यक्ष गंगा गुरुङले कार्यक्रम सफल बनाउनका लागी सहयोग गर्ने उद्योगी, व्यवसायी,सामाजिक संघसंस्था पत्रकार, उपस्थित दर्शकहरू लगायत सबैमा धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रम समापन अवसरमा विभिन्न प्रतियोगिताको बिजयीहरूलाई पुरस्कार र सहयोगीहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।