काठमाण्डौ, २१ मंसिर । काठमाडौंको बबरमहलमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । माइतिघरबाट बानेश्वरतर्फ जाँदै गरेको बा २ ख ३७ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो । ठक्कर दिएपछि लडेको स्कुटर बसमुनी छिरेको छ ।घाइतेलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।
यस्तै कालिकोटबाट छुटेको मध्यपश्चिम यातायात समितिको बस दैलेख र सुर्खेतको सीमामा दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
जितेगाडा बजारबाट छुटेको ना ४ ख ६८५५ नम्बरको बस कल्याण भन्ने स्थानमा दुर्घटना भएको हो । सुर्खेत र दैखेलबाट प्रहरी टोली गएको छ । बसमा कम्तिमा ५१ जना सवार रहेको अनुमान छ ।






