शिब भण्डारी ।
लन्डन । सोंपाल समाज युकेले आफ्नो ७ औँ कार्यसमिति वार्षिक बैठक सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष जगदिश गुरुङको अध्यक्षतामा बसेको बैठकले समाजको कामलाई चलायमान गराउन युबा बर्गलाई अगाढी ल्याउने तथा च्यारिटी कार्यक्रम लागायत बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
आइतबार ४ मे २०२५ का दिन सोंपाल समाज युके सातौ कार्यसमितिको वार्षिक बैठक लण्डनको एजवेर स्थित आर्मी रिजर्भ सेन्टरमा भएको हो।
अध्यक्ष जगदीश गुरुङ, बरिस्ठ धर्म गुरु धिर बहादुर गुरुङ,आमा समूहकी सस्थापक अध्यक्ष तथा ट्रस्टिज नईन्द्र गुरुङ,आमा समूहकी कार्यबहाक अध्यक्ष कमला गुरुङ लगायतले पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम महासचिव क्या मोहन गुरुङले सञ्चालन गरेका थिए ।

समाजका अध्यक्ष जगदिश गुरुङले उपस्थित सबैलाई स्वागत गर्दै २०२४ – २५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी योजनाहरूबारे जानकारी गराएका थिए ।
त्यसैगरी कोषाध्यक्ष रुबिना गुरुङलेवार्षिक आयव्ययको प्रतिवेदन प्रस्तुत गरेका थिइन । यसै क्रममा संस्थाका ट्रस्टीहरू बारे अपडेट गरिएको थियो।
कार्यक्रममा समाजका सल्लाहकार एबम उपस्थित सभाका सदस्यहरूले आफ्नो विचारहरु व्यक्त गरेका थिए ।
सांस्कृतिक सचिब सृजना गुरुङले कला संस्कृति कार्यक्रम बारे अपडेट गरेकी थिइन्।
जस अनुसार च्यारिटी कार्यक्रम सम्पन्न गर्ने जिम्मेवारी उपाध्यक्ष भरत गुरुङ एबम युवा परिचालन गर्ने जिम्मा युबा संयोजक सजन गुरुङ लाई तोकिएको छ। 
















