संघीय नेपाल र बहस :

विज्ञान प्रसाई
नेपाली कांग्रेस केन्द्रीय विभाग सदस्य तथा महासमिति सदस्य 
लण्डन,bigyan.htm 1

नेपालमा देखिएको वैचारिक विखण्डनले राष्ट्रको भविष्य अन्योलतिर धकेलिएको मैले महसुस गर्दैछु । वैचारिक विखण्डन मात्र होइन वैचारिक शुन्यताभित्रको वैचारिक विखण्डन हो कि भन्ने मलाई त्रास लाग्न थाल्यो । जुन आस्था, व्यवस्था व्यवहार र पुस्तुतिहरु हाम्रा नेताहरुले देखाइरहनु भएको छ, त्यसले मलाई यो वैचारिक शुन्यताभित्रको यो विखण्डनले अब राष्ट्रलाई ठूलै नोकसानी हुने हो कि भनेर त्रास लान थाल्यो र दुई चार अक्षर नकोरी रहन म सकिन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्षले बडो घमण्डका साथ भन्नुहुन्छ छ प्रदेश ठीक छ, आगो लागे दमकल भएर निभाउँछ र बडो लाचारीका साथ भन्नुहुन्छ, खेत रोप्नु परेको छ, कसैले पानी माग्छ, विस्कुन सुकाउनु परेको छ, कसैले घाम लगाइ देउ भन्छ, के गर्ने ? नेपाली कांग्रेसका सभासद् चन्द्र भण्डारी सामाजिक सञ्जालमा लेख्नुहुन्छ, कोही के माछ, कोही के यसो र्दा पनि नहुने, उसो गर्दा पनि नहुने के गर्ने हो त ? चार दलको वक्तव्य आउँछ हामी नयाँ अभ्यास र्दैछौं कमी कमजोरी भएका छन, हामी सच्चाउँछौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको रेडियो नेपालको अन्तर्वार्ताबाट प्रष्ट हुन्छ सभासदहरु लाचार छन् । यी सबै उदाहरणबाट के प्रष्ट हुन्छ भने हामी २६ वर्षदेखि अभ्यास गरिरहेको बहुदलीय प्रजातन्त्रिक व्यवस्थामा केवल बहुदलीय व्यवस्था मात्र प्रयो र बुझेछौं, त्यसमा प्रजातान्त्रिक मर्म, अभ्यास छुटेको, नबुझेको अवस्था अहिलेको नेपालको सन्दर्भ दर्शाउँछ । हुन त भन्न सजिलो, गर्न गाह्रो हुन्छ, आफूलाई पर्दा ज्वरो आउँछ, अर्कालाई पर्दा कुरो आउँछ भन्छन् । त्यसैले कुरो धेरै आएकाले केही कोर्ने जमर्को गर्दैछु । संघीयता बडो जटिल प्रश्न हो यो । नेपालमा अझ जटि समस्या छ, त्यसका धेरै कारणहरु छन् । मुख्यतः संसारमा संघीयताका अभ्यास भइराखेका राष्ट्रहरु र हाम्रो अवस्था धेरै फरक छ । संघीयता मूलतः दुई सिद्धान्तका आधारमा प्रदेशहरुको निर्माण गरिएको अन्तर्राष्ट्रिय अभ्यासले देखाउँछ

(१) ठूलो भूोल भएको आधार

(२) जातीय आधार ।

ठूलो भूगोल भएको कारण केन्द्रबाट सबै स्थानीय आवश्यकता र भावना बुझ्न नसक्ने र अप्ठ्यारो हुनाले स्थानीय विकासमा व्यवाधान हुने हुनाले ठूलो राष्ट्रलाई सानो प्रदेशमा विभाजन गरी संघीय राज्यको निर्माण भएको छ । ठूलो भूोलको आधारमा अमेरिका, चीन, क्यानडा, ब्राजिल, अस्ट्रेलिया अर्को आधार भनेको जातीय आधार स्वीजरल्याण्ड, स्पेन, बेल्जियम र इथोपिया जुन राज्यको विभिन्न भागमा विभिन्न जातिहरुको बाहुल्य भएको क्षेत्रमा प्रदेश निर्माण गर्ने । तर नेपालमा यी दुवै अवस्था नभएकाले नेपालको संघीयतामा प्रदेशको निर्माण अझ जटिल देखिन्छ ।

नेपालको भूगोल ठूलो नभए पनि कठिन छ, पहाड, हिमाल र तराई गरी कम भए पनि पहुँच कठिन छ, त्यसकारण कठिन भौगोलिक कारणले केन्द्रको पहुँच स्थानीय अवस्था प्रान्त व्यवाधान भएकाले कठिन भौगोलिक कारणले पनि संघीयतामा जानुपर्ने अवस्था देखिन्छ । अर्को अवस्था, जातीय बाहुल्य कुनै क्षेत्रमा नभए पनि जातीय पहिचान र विकासको लागि पनि संघीयतामा जानैपर्ने अवस्था छ । तर यी दुवै अवस्थामा सामथ्र्यसहित पहिचानका साथ प्रदेश निर्माण गर्ने नेपाली नेताहरुलाई धेरै हम्मेहम्मे परेको छ र हवास र त्रासको अभिव्यक्तिहरुबाट पुष्टि हुन्छ । यसको मूल कारण हामीले प्रजातान्त्रिक मूल्य र मान्यताका ला िबुझ्न र आत्मासात र्ने नसक्नु नै हो । परिवर्तन महत्वपूर्ण हुन्छ, अझ महत्वपूर्ण हुन्छ परिवर्तनको प्रक्रिया परिवर्तनको व्यवस्थापन र परिवर्तनको कार्यान्वयन ।

हामीले २००७ देखिको इतिहास हेर्दा परिवर्तनलाई मात्र महत्व दोस्रो, परिवर्तनको प्रकृया, परिवर्तनको व्यवस्थापन र परिवर्तनको कार्यान्वयनलाई महत्व नदिएको देखियो । सर्वप्रथम म परिवर्तनको प्रकृयाबाट सुरु गर्छु । पहिलो कुरा के बुझ्न आवश्यक छ भने गलत प्रकृयाबाट गरिएको परिवर्तन तत्कालीन अवस्थालाई सही भए पनि दीर्घकालीन रुपमा परिवर्तनलाई संस्थात गर्ने गाह्रो हुन्छ । प्रजातन्त्र र सभ्य समाजमा बहुसंख्याक जनताको भावना तथा अभिमतबाट परिवर्तन गरिएको छ भने मात्र यो परिवर्तन संस्थागत अथवा सापेक्ष रुपमा केही लामो समय स्थायी हुन सक्छ ।

तत्कालीन समस्या सुल्झाउन लत प्रकृया अवलम्बन रे परिवर्तन धातक हुन जान्छ । बहुमत नेपाली जनताको चाहनालाई नबुझी, जनताको भावनालाई नबुझी बलजफ्ती गरी प्रजातान्त्रिक अभ्यास र दलगत स्वार्थबाट अभिपे्ररित भई गरिएको परिवर्तनले राष्ट्रलाई समुन्नत र्मामा लानै सक्दैन । प्रयोग गरेर निशस्त्र जनताको हत्या री विदेशी आड र भरोसामा र विदेशी पैसाबाट जनयुद्धको नाममा देश र जनतालाई आतंकित बनाइ विदेशी एजेण्डालाई बोकेर सात पार्टीसँग गरिएको सम्झौता नै परिवर्तनका लागि गरिएको परिवर्तनको प्रकृया नै गलत भएको म ठान्दछु ।

जनताको रत बगेको देखेर बाध्यतावस कण कणमा संसदीय पार्टीहरुले माओवादीसँग गरिएको प्रकृयाबाट शुभराम्भ हुन्छ आजको दर्दनाक अवस्था । जातीय, धार्मिक, सद्भावको भडकाउ विदेशीको विउ बोकेर आएका माओवादी नामका खेतालाहरुले जनताको रगत बगाइ लाद्न चाहेको संघीयता र धर्म निरपेक्ष जनताबाट अनुमोदन नरी कार्यान्वयन हुनै सक्दैन र जनताको मत लिन आवश्यक छ । उच्चतम र सही प्रकृया यही नै हो । पार्टी तथा नेताहरुलाई के भ्रम परेको छ भने संविधानसभा सार्वभौम हो तर त्योभन्दा माथि जनता सर्वपरी र जनता नै सार्वभौम हो ।

प्रजातान्त्रिक मूल्य यही हो कि जनताका प्रतिनिधिहरु सही निर्णय गर्ने नसकेको अवस्थामा वा अप्ठ्यारो भएको अवस्थामा जनतालाई जनमत संग्रहबाट प्रत्यक्ष रुपमा सोधिनु पर्छ । केही नेताहरुको सिन्डिकेटबाट जनभावनालाई नबुझी केपी ओलीजीले भनेजस्तो बलजफ्ती गरेमा यो परिवर्तन पनि संस्थात हुन सक्दैन । म त अझै भन्छु यही अवस्थामा सीमांकनसहितको संविधान जारी गरे राष्ट्र विखण्डनको बाटोमा चाडै जान्छ । सुझाव नेपालको परिवर्तमा प्रदेशको निर्माण गर्दा तीनवटा महत्वपूर्ण कुरालाई मध्यनजर गरिनुपर्छ ।

१) राष्ट्रियता, राष्ट्रिय एकता र अखण्ड राष्ट्र २) सार्मथ्य ३) पहिचान राष्ट्रिय एकता १. संविधान निर्माणमा जेजस्तो अवस्था आइपरे पनि राष्ट्र खण्डित हुने प्रकारको प्रदेशको निर्माण कदापी गरिनु हुँदैन । राष्ट्र एकता र निर्माणको लागि हाम्रा पुर्खाहरुले गरेको बलिदान र बगाएको रगतको सम्मान र श्रद्धा गर्दै राष्ट्रलाई खण्डित नहुने प्रकारको प्रदेश निर्माण गरिनुपर्छ । राष्ट्रलाई अखण्ड राख्नलाई हामी सबै जेजस्तो मूल्य चुकाउन तयार हुनुपर्छ । रगत तथा बलिदान दिन पनि तयार हुनुपर्छ र नेताहरुले उच्च मनोबल र राष्ट्रिय भावनाको साथ छिमेकीको प्रभावमा नपरी राष्ट्र एकतालाई अखण्ड राख्ने प्रदेशको निर्माण र्नुपर्छ । मधेसलाई छुट्टै अलग्उनु राष्ट्र विखण्डनको पहिलो चाल होस् सबैलाई चेतना भयो । २) सामथ्र्य ः विश्वको समृद्ध दुई राष्ट्रको बीचमा रहेको हाम्रो देश नेपालका सबै प्रदेशले दुवै समृद्धशाली राष्ट्रलाई पहुँच राख्ने अवस्थाको प्रदेशको निर्माण गरिनुपर्छ ।

यसले प्रदेशलाई उत्तर दक्षिणको विकाससँग जोड्न मद्दत मिल्छ र विकासतर्फ अघि बढ्न मद्दत गर्छ । अहिलेको सीमांकनको प्रदेश २ लाई अन्याय गरी उत्तरतिरको समृद्धको बाटोलाई रोकेको देखिन्छ । त्यसैरी प्रदेश ४ । त्यसकारण प्रदेश २ र प्रदेश ४ को सीमांकन सार्मथ्यको कारणले पनि परिमार्जित गरिनुपर्छ । ३. जातीय पहिचान विभिन्न जात जाति, भाषा भाषीहरुको रमणीय भूमि नेपालमा सबै जात जातिहरुलाई र उनीहरुको भाषा संस्कृतिको पहिचान हुने गरी विशेष क्षेत्रको व्यवस्था संविधानमा गरियोस् । जस्तै लिम्बू भाषी र जातीहरु बढी भएको पूर्वी पहाडको केही क्षेत्रलाई लिम्बूवानको पहिचानको विशेष क्षेत्र लेखियोस् ।

त्यसैरी जुन जुन जातहरुको प्रदेशहरु भित्र बाहुल्य छ, त्यस क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी संविधानमा लेखियोस् । यसरी राष्ट्रियता नखल्बलिने गरी सार्मथ्यसहितको उत्तर दक्षिण जोडेर जातीय परिचालन झल्किनने री विशेष क्षेत्रसहितको प्रदेशको निर्माण गरी संविधान लेख्न हुन म नेताज्यूहरुलाई विनम्र अनुरोध र्दछु । सायद यी माथि लेखिएका सुझावबाट जनताको भावनालाई समेट्न सकिन्छ जस्ता लाग्छ मलाई । यदि यसो गर्दा पनि नहुने भए जनता जर्नादन हुन्, जनतालाई सोध यही नै हो प्रजातन्त्रको मूल मर्म । नेताहरुलाई घमण्ड, लाचारी अभिव्यक्तिहरु दिएर वैचारिक शुन्यताको प्रदर्शन गर्नुभन्दा स्पष्टसँग प्रजातन्त्रिक मूल्यलाई आत्मसात गरी नेतृत्व गरिदिनु अनुरोध गर्दछु ।

जय नेपाल !!