हङकङमा ‘एनआरएनए हाइक २०१८’ हुने

लन्डन । गैर आवासीय नेपाली संघ हङकङले महिलाहरुको पाठेघरको अपरेशनको लागि सहयोगार्थ ‘एनआरएनए हाइक २०१८’ आयोाजना गर्ने भएको छ । आज हङकङमा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराइएको हो ।

एनआरएन हाइक यही जनवरी २१ तारिकका दिन आयोजना गरिन लागिएको उक्त कार्यक्रममा स्थानीय नेपाली धावक सन्तोष पाख्रिनसहित अन्तराष्ट्रिय नेपाली धावक मिरा राई र पूर्ण तामाङको सहभागिता रहने एनआरएनए हङकङ अध्यक्ष टिका गुरुङले जानकारी दिइन ।

अध्यक्ष टिका गुरुङका अनुसार एनआरएन हाइक २०१८ मा सहभागि हुनका लागि हङकङ डलर २०० प्रवेश शूल्क तोकिएको छ । सहभागिलाई आयोजकले संस्थाको नाम र लोगोसहितको एक भेष्ट, पानी र लञ्च बक्स उपलब्ध गराउने छ ।

कामस्योङ रोडबाट ताइडोलसम्म हुने हाइक कार्यक्रमको लागि बिहान ९ बजे भेला हुनुपर्ने छ । कार्यक्रम करिब तीन घन्टामा समापन हुनेछ । हाइकबाट उपलब्ध रकम महिलाहरुको पाठेघर अपरेशनमा खर्चीने छ ।