लन्डन । साउथवेस्ट नेपाली समाज युकेको नेपाली नयाँ वर्ष २०८२ विशेष कार्यक्रमका लागी चर्चित गायिका समिक्षा अधिकारी लण्डन आइपुगेकी छन् ।
उनको शो प्लेमाउथमा हुने भएको छ।उनलाई विमानस्थलमा स्वागत गर्न साउथ वेस्ट नेपाली समाज यूकेका अध्यक्ष किसन जिसी,उपाध्यक्ष डा.राजन घले र सचिब डेभिड जंग बानियाले स्वागत गरेका थिए ।
गायिका समिक्षा अधिकारीका ढक ढक ढक, अर्को जुनी, नबोली नबोली, मेरो याद आउन्न र, कन्या राशी, सुर्ती माड्दै गयो जोवन, नबोली नबोली, दुश्मन हेरेको हेरै उनका चर्चित गित हरु छन्
समाजको आयोजनामा अप्रिल १४ सोमबार साँझ
डेभन पोट गल्स स्कुलको सभाहलमा नया वर्ष विशेष कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष किशन जिसीले लण्डन नेपाल न्यूजलाई बताए ।
साउथवेस्ट नेपाली समाज युकेले आयोजना गरेको कार्यक्रम सबै नेपालीलाई नेपाली कला, संस्कृति, र गित संगीतमा मनोरंजन लिदै नेपाली नया बर्ष मानौं भन्ने उदेश्य रहेको जिशीले बताए।
अध्यक्ष किशन जिसीका अनुसार कार्यक्रमको प्रमुख आकर्षण चर्चित गायिका समिक्षा अधिकारी तथा स्थानिय कलाकार आर के श्रेष्ठ लगायत कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। त्यसैगरी, अन्य दर्जनौँ स्थानीय कलाकारहरूले गीत, संगीत, र नृत्य प्रस्तुत गर्नेछन्।
यसै गरि कार्यक्रममा बेलायतका चर्चित साउन्ड इन्जिनियर (DJ)हेम विष्टले विभिन्न खालका नेपाली गीत बजाउदै सबैलाई नचाउने छन् ।
अध्यक्ष किशनले कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह गरेका छन् ।
सन् २००८ मा स्थापना भएको सस्थाका संस्थापक अध्यक्ष दिपक ढकालबाट सुरु भएको समाजले जन्मभूमि नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
अध्यक्ष किशनले कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह गरेका छन् ।सन् २००८ मा स्थापना भएको सस्थाका संस्थापक अध्यक्ष दिपक ढकालबाट सुरु भएको समाजले जन्मभूमि नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।






