सिड्नी । नेपाली भाषा, संस्कृती र नेपाली समुदायमा क्रियाशिल डब्बो नेपाली कम्युनिटी अस्ट्रेलिया (डिएनसिए) ले २०२५ को मल्टिकल्चरल नन–फर–प्रोफिट मेडल अवार्ड हात पारेको छ । एनएसडब्ल्यू कम्युनिटी र जस्टिस विभागले प्रत्येक वर्ष उक्त अवार्ड प्रदान गर्दै आईरहेको छ । डिएनसिएले विभिन्न कार्यक्रमहरु मार्फत संस्कृति संरक्षण र समुदाय एकतामा महत्वपूर्ण भुमिका निर्वाह गरे बापत उक्त अवार्ड प्रदान गरिएको जनाईएको छ ।

विशेषगरी उक्त संस्थाले रक्तदान, खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम, भाषा विद्यालय, स्वास्थ्य क्षेत्र र अस्ट्रेलियामा जाने नयाँ व्यक्तिहरुसंगको सम्बन्ध निर्माण र उनीहरुलाई सहजता तुल्याउने काम गर्दै आएको छ । नेपालको विविधता, नेपाली मौलिकता र नेपाली पनको प्रवद्र्धन गर्दै बहुसांस्कृतिक समुदायमा नेपालको उचाई बढाउनु संस्थाको मुख्य उद्धेश्य रहेको बताए ।

संस्थाले मुख्य गरी नियमित रुपमा रक्तदान कार्यक्रम र नेपालीहरुका विभिन्न चाडपर्वहरुमा शुभकामना आदान प्रदान सहित चाडपर्वहरुको मौलिकता प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । स्थानीय समुदायमा नेपाली संस्कृतीहरुको आदान प्रदान गर्ने कार्यमा संस्था सक्रिय छ । उक्त संस्था मार्फत २०२३ सालमा अस्ट्रेलियामा नेपाली भाषा पाठशाला सञ्चालन भएको थियो । उक्त पाठशालामा हाल ३० जना भन्दा बढी विद्यार्थीहरुले निरन्तर अध्ययन गर्दै आईरहेका छन् । त्यस्तै अस्ट्रेलियामा जाने नयाँ आगन्तुकहरुका लागि समस्या पर्दा आवास, रोजगार र यातायातको सहयोग समेत प्रदान गर्ने गरेको छ ।






