एनआरएनए यूकेको अधिवेशनलाई सम्बोधन गर्न लन्डन आइपुगे शेष घले

लन्डन- सर्वोच्चको परमादेश अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा शेष घले लन्डन आइपुगेका छन्।

आइतबार अलडरसटमा हुन गै रहेको एनआरएनए यूकेको अधिवेशनलाई सम्बोधन गर्न उनी शनिबार बिहान लन्डन हिथ्रो आइपुगेका हुन्।

एनआरएनए यूके एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्री, एनआरएनए आइसिसी उपाध्यक्ष थर्क सेनलगायतले घलेलाई हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए।

एनआरएनए यूके एकता अधिवेशनका लागि आएका घले दुई दिन मात्रै बेलायतमा रहनेछन् ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डा घलेको प्रमुख आतिथ्यमा आइतबार अल्डरसटको द प्यालेसमा हुने एकता अधिवेशनमा सहभागी हुन बेलायतवासी सबै गैरआवासीय नेपालीलाई आव्हान गरेका छन्।

डा घलेले बेलायत पछि आगामी मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा हुन गै रहेको एनआरएनएको एकता अधिवेशन सफल बनाउन आह्वान गर्दै केही युरोपेली मुलुकहरुको पनि भ्रमण गर्दैछन्।