न्यूयोर्क, ३० असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अपराधीलाई दिइने सजाय प्रक्रियामा परिवर्तन गरिने बताएका छन् । नयाँ ब्यवस्था अनुसार अदालतबाट दोषी प्रमाणित भई जेल सजाय काटिरहेका व्यक्तिको सजायमा परिवर्तन गर्नुका साथ उनीहरुलाई मतदानको अधिकार समेत दिइनेछ । राष्ट्रपति ओबामाले आजीवन कैद जस्ता ब्यवस्थाले राष्ट्रलाई क्षति पुगेको भन्दै यसअघि दिईंदै आएको मृत्युदण्डको ब्यवस्था हटाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए । राष्ट्रिय बौद्धिक जनता सुधार सम्मेलनमा बोल्दै उनले आगामी दिनमा कैदीहरुलाई बैकल्पिक रोजगारीको ब्यवस्था हुने गरी काम अघि बढाइने बताए ।
कैदीलाई मतअधिकार दिइने






