सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली समुदायहरुले तमु ल्होछार भव्य रुपमा मनाएका छन् । तमु समाज सिड्नीको आयोजनामा सांस्कृतिक पर्व तमु ल्होछारको अवसरमा जनवरी ४ तारिख माराना अडोटेरियममा भव्य रुपमा मनाइएको हो । बेलुकी ५ बजे देखि सुरु भएको कार्यक्रममा धर्म गुरु नागावाङ ग्यात्सो गुरुङ बाट मन्त्रोच्चारण तथा ग्रह शान्ति पुजा र आशिर्वाद थाप्ने कार्य सहित सुरु गरिएको थियो ।
प्रवचन सहित ५ः३० बजेसम्म चलेको उक्त कार्यक्रम पश्चात औपचारिक कार्यक्रम सुरुवात भएको थियो । औपचारिक कार्यक्रमको अध्यक्षता गरेका तमु समाज सिड्नीका अध्यक्ष हिउपती गुरुङले अनेकतामा एकता दर्शाउने उदेश्यले रितिरिवाज अनुसार नै ल्होछार मनाईरहेको भन्दै यसवर्ष पनि भव्य रुपमा मनाउन पाउँदा खुसी लागेको बताए । कार्यक्रममा न्यू साउथ वेल्स वाणिज्यदूत सञ्जिव शर्माको को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज), शुभकामना आदानप्रदान सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित अन्य विभिन्न रमाईलो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा परम्परागत पुजा, तमु भेष भुषा सहित विविध साँस्कृतिक कार्यक्रम, विविध मनोरन्जनात्मक कोशेलीहरु, तमु परिवारबाट बनेका खानाका विभिन्न परिकार समेत रहेका थिए । कार्यक्रममा निन्फाका अध्यक्ष सुदर्शन थापा, गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष अनिल पोखरेल, एनएसडब्ल्यू अन्तर्गत बुद्धिस काउन्सिलका अध्यक्ष गावालियन पोयल डेबिस , गोर्खा नेपलिज कम्युनिटीका उपाध्यक्ष पबी सुब्बा, थकाली सेवा समितिका अध्यक्ष दुर्गा गौचन, गुठी अस्ट्रेलियाका अध्यक्ष उमेश नापित, छन्त्याल परिवार सिड्नीका अध्यक्ष बुद्धिमान छन्त्याल, शेर्पा ऐशोसियसन एनएसडब्ल्यूका अध्यक्ष आङकामि शेर्पा, किराँत खम्बु राई अस्ट्रेलियाका अध्यक्ष योगेन्द्र राई, मगर समाज सिड्नीका अध्यक्ष लुकेश राम्जाली, किराँत याक्तुङ चाम्लुङ अस्ट्रेलियाका उपाध्यक्ष चित्र तुम्बहंग्फे, थारु सोसाइटी सिडनी अष्ट्रेलियाका अध्यक्ष दिपनारायण चौधरी, राजवंशी समाजका अध्यक्ष धर्मेश राजवंशी, एन्टाका अध्यक्ष रञ्जित शाह, पोखरा समाज अस्ट्रेलियका अध्यक्ष तारा गुरुङ, नेपाली साहित्य तथा कला प्रतिष्ठानका अध्यक्ष सुजाता के.सी., तमु समाज क्यानबेराका अध्यक्ष राजेश गुरुङ, सामाजिक अगुवा डा. नारायण प्रधान, गे्रटर सिड्नी मल्टिकल्चरल सेन्टरका अध्यक्ष बिष्णु हमाल लगायतको उपस्थिति रहेको थियो ।





