कार्यक्रममा मगर जातिका भेषभूषा र संस्कृती झल्किनेगरी मौलिक नृत्य, बालबालिकाहरुको नृत्य, स्थानीय ब्याण्ड, लिग लिग दौड, मौलिक खानाका परिकारहरु सहित लाईभ दोहोरी लगायतका कार्यक्रम रहने उनले बताए । कार्यक्रममा भ्वाईस अफ किड्सकी सेमिफाईनल प्रतिष्प्रधी सिमरन आले मगर, नेपाल आईडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगर, गायक तथा कौडा किंग गनेश गुरुङ, गायिका कोपिला मगार लगायतका कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती रहनेछ । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । कार्यक्रमलाई अस्ट्रेलिया स्थित दर्जनौँ व्यवसायिक संस्थाहरुले प्रायोजन गरेका छन् । कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन र मगर समुदायको संस्कृतीसंग साक्षात्कार हुन समेत समाज अस्ट्रेलियाले सबैसंग अनुरोध गरेको छ।
मगर समाज अस्ट्रेलियाले सिड्नीमा माघे संक्रान्ति मेला २०२५ गर्दै
सिड्नी । माघे सक्रांन्तिको अवसरमा अस्ट्रेलियाको सिड्नीमा माघे संक्रान्ति मेला २०२५ हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मगर समाज अस्ट्रेलियाले ११ जनवरी शनिवार गो व्हीटल्याम पार्कमा विशेष कार्यक्रम सहित मेलाको आयोजना गरेको छ । समाजका अध्यक्ष लुकेश राम्जाली मगरले समाजले गत वर्षहरुमा जस्तै यसवर्ष पनि सास्कृतिक, मनोरञ्जनात्मक एवम् खेलकुद कार्यक्रमका साथमा माघे संक्रान्ति मनाउन लागिएको जानकारी दिए ।






