लन्डन । नेप्लिज वुमन हेल्पिङ हेन्ड्सको आयोजनामा हरितालिका तिज मनाउने भएको छ ।विगत जस्तै यस वर्ष पनि तीजको कार्यक्रमको आयोजना गर्ने भएको हो।
आगामी ६ सेप्टेम्बर सोमबार बिहान ११ बजे देखि ४ बजे सम्म लन्डनको अल्पर्टन स्थित सनातन हिन्दू मन्दिरको गौकुल हलमा बिशेष तीजको पूजा अर्चना गरि मनाउने भएको हो ।
नेपाली हिन्दु महिलाहरुको अत्यन्त महत्त्वपूर्ण चाडलाई बेलायतको लन्डनमा आयोजना गरि आफ्नो धर्म र सस्कृतीको संरक्षण गर्दै भाबी सन्ततिलाई समेत प्रोत्साहन गर्ने उदेश्यले उक्त कार्यकम आयोजना गर्दै आएको छ।
नेप्लिज वुमन हेल्पिङ ह्याण्ड्सले लन्डनमा बसोबास गर्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई तीजको अग्रिम शुभकामना व्यक्त गर्दै उक्त दिन कार्यक्रममा सहभागी हुन् नेप्लिज वुमन हेल्पिङ ह्याण्ड्स समुह दिदीवहिनी हरुले बिनम्र अनुरोध गरेका छन्।






