पशुपति कोटिहोममा हिमालयन सिद्धमहायोग कृपापात्र चन्द्रकला शखीद्वारा ऐतिहासिक प्रवचन चल्दै

लण्डन I पशुपति कोटिहोममा हिमालयन सिद्धमहायोग कृपापात्र चन्द्रकला शखीद्वारा ऐतिहासिक प्रवचन चलिरहेको छ I

श्रावण ०१ गते देखि ३२ गते सम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ – २०८१ श्री पशुपति क्षेत्र, हंस मण्डप, काठमाडौंमा सुरु भइरहेको छ I

चन्द्रकला सखी नेपालका लागि मात्र नभएर संसारकै लागि प्रेरणादायी एक महान नारी हुनुहुन्छ। पशुपतिनाथको प्राङ्गणमा भएको कोटीहोम पाल्नु भइ उहाँले प्रवचन अथवा कथा वाचन गर्नु भएकोमा हामी सारा नेपालीहरू आभारी छौं। पढाइसँगै वाचनलाई समय दिँदै पुज्य श्री चन्द्रकला सखीजीको जन्म नेपालको राजधानी काठमाडौँमा भएको हो। उहाँ अहिले २६ वर्षकी हुनुहुन्छ। बाल्यकालदेखि नै जिज्ञासु उहाँले +२ मा विज्ञान लिएर पास गर्नु भएको हो भने भारतको स्वामी विवेकानन्द विश्वविद्यालयबाट योग र स्वास्थ्य चेतना तथा आध्यात्मिकता, आयुर्वेदिक इन्स्टिच्युट यूकेबाट आयुर्वेदिक फूड र न्यूट्रिशन, कलेज अफ नेचुरल पाथी एण्ड मेडिसिन यूकेबाट हेल्थ कोच गर्नु भएको हो। श्री सखीज्यू हाल बेलायतमै योग विज्ञानमा मास्टर्स गर्दै हुनुहुन्छ। हाल पशुपति कोटिहोममा वाचिकाको रूपमा नेपालमा हुनुहुन्छ

हाम्रो देशमा नैतिक शिक्षाको अभाव रहेको छ। जबसम्म देशका जनताहरू नैतिकवान हुँदैनन्, देशको विकास हुन सक्दैन। हरेकको दिमाग नकारात्मक विचारले भरिएको छ, जसले गर्दा राम्रोलाई पनि सही तरिकामा ग्रहण गर्न सक्दैनन् र नराम्रोलाई छान्ने काम गर्छन्।

श्री सखीज्यू आफ्नो बुद्धि, क्षमता, र वक्तृत्व कलाले हाम्रो सानो, गरिव, तर प्राकृतिक सम्पदा र सुन्दरताले भरिपूर्ण देश नेपाललाई संसारका विभिन्न देशहरूमा गएर सनातन धर्म र आध्यात्मिक चिन्तनका बारेमा प्रवचन दिने माध्यमबाट परिचित गराउनु भएकोमा धन्यवाद तथा बधाई!”

जगतगुरु महायोगी सिद्ध बाबाले रात, दिन, भोक, प्यास, र निन्द्रा कुनै ध्यान नगरी निरन्तर हाम्रो पथभ्रष्ट, अन्धा, अज्ञानी, र अहंकारी अवस्था सुधार्नका लागि जीवनभरको योगबल र तपस्या अर्पण गर्दै, बिस्तारै हामीलाई सम्झाउँदै, बुझाउँदै, कृपा बर्साउँदै र सदमार्गमा डोर्याउँदै हुनुहुन्छ। यस अवसरमा, हाम्रो प्रिय श्री चन्द्रकला सखिज्यूको माध्यमबाट जगतगुरु महायोगी सिद्ध बाबाको अनन्त कृपा स्वरूप दिव्य ज्ञान प्रस्तुत गरिएको छ।

यस ऐतिहासिक कोटिहोम अहिले एक युगमा मात्र एक पटक आयोजना हुँदैछ, जुन पहिले कहिल्यै भएको थिएन र भविष्यमा हाम्रो जीवनकालमा हुन सक्छ या नसक्ला। यस अद्वितीय महायज्ञमा १५५ भन्दा बढी गुरुहरु नियमित हवन र पाठ पारायण गरिरहेका छन्, जसमा चार वेद र अठार पुराणको पारायण भइरहेको छ। महारुद्राभिषेक, ५१०० कलशको पूजा, कोटी दीप प्रज्वलन, कोटी पार्थिव शिवलिंग पूजा, र कोटी वेलपत्रद्वारा कोटी पार्थिव शिवलिंगको पूजा हुँदैछ। देशविदेशका प्रसिद्ध साधु, सन्त, महन्त र गुरुहरुबाट आशिर्वचन प्राप्त भइरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाचकहरु कथा प्रवचन दिइरहेका छन्। १०८ प्रवक्ताहरु तोकिएका छन्। देशका चर्चित उद्घोषकहरुबाट कार्यक्रमको उद्बोधन भइरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति भइरहेको छ। विभिन्न सामाजिक अभियान्ताहरुबाट विशेष मन्तव्य दिइरहेका छन्। कवि सम्मेलन, सन्त सम्मेलन, विभिन्न गोष्ठीहरु र सद्भावना सम्मेलनहरु आयोजना भइरहेका छन्। साथै, विभिन्न राजनेताहरुको आगमन पनि भइरहेको छ।

सयौँ ब्राह्मणहरु द्वारा पुरै श्रावण महिनाभर नियमित कोटि हवन गरिँदैछ। अष्टोत्तरशत १०८ भागवत पाठ पारायण भइरहेको छ। अतिरुद्राभिषेक मास पर्यन्त १४,६४१ आवृत्ति रुद्री सम्पन्न हुँदैछ। कोटि पार्थिव शिवलिंगलाई कोटि वेलपत्रद्वारा पूजा गरिँदैछ। शतचण्डी पाठ पारायण भइरहेको छ। चार वेद र अठार पुराणको पारायण भइरहेको छ। श्रीयन्त्र पूजन तथा वितरण हुँदैछ। तण्डुलाचल पर्वत निर्माण गरिँदैछ। ५१०० कलशको पूजा गरिँदैछ। ३ देखि ९ वर्षसम्मका बालिकाहरुको कन्या पूजा हुँदैछ। सामुहिक तुलादान गरिँदैछ। मनकामना पूर्ण कलश स्थापना भइरहेको छ। १००८ शालिग्राम, तिलार्चन तथा तुलसीदलद्वारा पूजा गरिँदैछ।

हिमालयन सिद्धमहायोग युके-युरोप र जगत गुरु श्रीरामानन्दाचार्य सेवा पिठ चतराधाम, सुनसरी सम्पूर्ण भक्तजनहरू, उपस्थित गुरु, दाजुभाइ, दिदीबहिनीहरू र भक्तजनहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। यस अवसरमा, ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ – २०८१ मा सहभागी हुन सबैलाई सादर निमन्त्रणा गर्दछौं। यो विशेष महायज्ञमा सहभागी भई आत्मिक शान्ति र कल्याणको लाभ प्राप्त गर्नको लागि तपाईहरूको उपस्थितिको प्रतीक्षा छ।