काठमाडौं- नेपाल प्रहरीको २५औं महानिरीक्षक (आईजीपी) जयबहादुर चन्द नियुक्त भएका छन् । आईजीपी कसलाई बनाउने भन्नेबारेमा विवाद भइरहेका बेला गृहमन्त्री विमलेन्द्र निधि डीआईजी चन्दको पक्षमा उभिएसँगै चन्द डीआईजीबाट आईजीपीमा बढुवा भएका हुन् ।
गृहमन्त्री निधिले गृहसचिव लोकदर्शन रेग्मीलाई डीआईजी जयबहादुर चन्दका नाममा प्रस्ताव तयार पार्न बिहीबार निर्देशन दिएका थिए । मन्त्री निधिको निर्देशनमा रेग्मीले तयार पारेको प्रस्ताव आइतबार क्याविनेटमा पेश भएको हो ।
पहिलो वरियताको आधारमा डिआईजी नवराज सिलवाल आइजी हुनुपर्छ भन्ने अडान राख्दै आएका गृहमन्त्री निधि पार्टी सभापति देउवाको अडान सामु लचक भएका थिए । अन्तत: उनले पहिलो वरीयाताका सिलवाल र दोस्रो बरियताका डीआईजी प्रकाश अर्यालको रोलक्रम मिचेर चन्दलाई आइजीमा सिफारिस गरे ।
गृहमन्त्री निधिले बिहीबार साँझ बसेको क्याबिनेट बैठकमै चन्दलाई आइजी बनाउने प्रस्ताव ल्याउन लागेका थिए ।
चन्द २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश हुन् ।
यसैबीच मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।






