बेलायती मोडलको स्तनपान तस्बिरले हंगामा

लन्डन– बेलायती एक मोडलको स्तनपान तस्बिरले हंगामा मच्चाएको छ ।

मोडल तमारा एकलेस्टनले आफ्नी छोरीलाई स्तनपान गराएको तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक भएपछि उनको कडा आलोचना भएको छ । तस्बिर सार्वजनिक भएपछि महिलाले सार्वजनिकरुपमा स्तनपाउन गराउन पाउने/नपाउने बहस सुरु भएको छ ।

३२ वर्षीया एकलेस्टनले बुधबार इन्स्टाग्राममा दुई वर्षकी छोरी सोफियालाई स्तनपान गराउँदै गरेको तस्बिर पोस्ट गरेकी थिइन् ।

एकलेस्टनले भने स्तनपान प्रेम र पालनपोषणको प्रतीक भएको प्रतिक्रिया दिएकी छन् ।