सिड्नी । अस्ट्रेलियाको सिड्नी स्थित सेन्ट जोर्न क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको रकडेल ब्वाईज फुटबल क्लव औपचारिक रुपमा गठन गरिएको छ । विगत २०१५देखि खेलकुद तथा सामाजिक क्षेत्रमा रकडेल ब्वाईजका नाममा क्रियाशिल संस्था गत जुलाई १९ मा एक भेला सम्पन्न गरी कपिल क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा शिव घिमिरे, सचिवमा सनम गुरुङ र कोषाध्यक्षमा विनय क्षेत्री लगायत रहेका छन् । त्यस्तै सदस्यहरुमा किस्मत गिरी, रप्सन लामा, सुदिप बिष्ट, सुरज श्रेष्ठ, निखिल शाही, आशिष सिंह, बिबुश के.सी, हर्ष भट्टचन, निशेष गुरुङ, शाहिल गुरुङ र सुमन लामा लगायत रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा सुरज सुवेदी, सम्राट लामिछाने, देव कार्की, सितल गिरी, मदन गोर्खाली, रोशन आले, कृष्ण बलामी र अनन्त गुरुङ छन् । भने कप्तानमा कुमार क्षेत्री चयन भएका छन् । विगतमा जस्तै नवगठित समितिले सामाजिक र युवा लक्षित तथा नेपाली समुदायको हीतमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै सबै सँग हातेमालो गरेर अगाडि बढ्ने सल्लाहकार सितल गिरीले लण्डन नेपाल न्यूज अस्ट्रेलियासंग बताए । क्लवले आफ्नो पहिलो खेल अगस्टमा हुन गैरहेको तालबाराही कपमा खेल्दैछ ।





