लन्डन – चर्चित नेपाली श्रव्यदृश्य शृंखला, हेर्ने कथा, को टीम लन्डनआइपुगेको छ।
‘हेर्ने कथा‘ की सहसंस्थापक तथा प्रस्तोता विद्या चापागाईं एवं सहसंस्थापक तथा निर्देशक कमल कुमार शनिबार बिहान लन्डन आइपुगेका हुन्
आफ्नो दुइ साता लामो बेलायत भ्रमणको क्रममा ‘हेर्ने कथा’ टिम ब्रिटेननेपाल एकेडेमिक काउन्सिलले एडिनबरामा आयोजना गर्न लागेको ‘नेपालअध्ययन दिवस‘ मा सहभागी हुनेछ। विद्या र कमल शनिबार दिउसो (४ मे) मा सेन्ट्रल लन्डनस्थित सोआस (ब्रुनइ ग्यालरी) मा हेर्ने कथाको विशेषप्रदर्शन तथा अन्तरक्रियामा सहभागी हुने छन्। त्यस्तै हेर्ने कथा टिमले आइतबार दिउसो (५ मे) मा एम्पायर हल, अल्डरशटमा हेर्ने कथाकोविशेष प्रदर्शन साथै आफ्ना दर्शक तथा शुभेच्छुहरुसंग अन्तरक्रिया गर्नेछ। उक्त दुवै कार्यक्रममा प्रवेश निशुल्क छ।
“बेलायतको नेपाली समुदायसंग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नहामी निकै उत्सुक छौं। तपाईंहरुको स्नेह, सुझाव र सल्लाह हाम्रो लागिसधैं अमूल्य छ,” ‘हेर्ने कथा‘ की प्रस्तोता विद्या चापागाईंले भनिन्। बीबीसीको ‘साझा सवाल‘ प्रस्तुत गरेर चर्चामा आएकी विद्याले बीबीसीछाडे पछि आफ्ना साथी कमल कुमारसंग मिलेर ‘हेर्ने कथा’ शुरु गरेकीथिइन्।
‘हेर्ने कथा‘ टिम मे १३ मा एडिनबरा तथा मे १६ मा म्यानचेस्टरमा हुनेछ।
गएको ६ वर्षमा युट्युब मार्फत १०० ओटा भन्दा बढी ‘हेर्ने कथा’ का कथाहरु प्रसारण भै सकेका छन्। सामान्यतया मिडियाको दृष्टि नपुग्नेदुर्गम भेगमा रहेका सर्वसाधारण नेपालीका असाधारण संघर्षका कथाहरुसुनाएर चर्चामा आएको ‘हेर्ने कथा‘ शृंखलालाई युट्युबमा दश लाख भन्दाबढी दर्शकहरुले पछ्याउंछन् ।
थप जानकारीका लागि:
hello@hernekatha.com






