सिड्नी । थारु गीत “हेर्ती हेर्ती मोहनी लगैना“ले एकैपटक एकै विधाका ५ वटा अवार्ड हात पारेको छ । राष्ट्रिय थारू म्यूजिक अवार्ड २०८० अन्तर्गत उक्त गीतले वर्षकै सर्वोत्कृष्ट गीतको रुपमा ५ अटा अवार्ड हात पार्दै ईतिहास रचेको हो । झुम्की प्रोडक्सनस ब्यानरको प्रस्तुति तथा अरूण आर्यन चौधरीको निर्माणमा निर्मित उक्त गीतले विभिन्न विधामा उपाधी चुम्दै थारू गीत संगीतमा ईतिहास रचेको हो ।
उक्त गीतले सर्वोत्कृष्ट गीत २०८०, सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष) २०८० को अवार्ड आर के थारू, सर्वोत्कृष्ट संगीतकार २०८० आर के थारू, सर्वोत्कृष्ट मोडल (पुरुष) नरेश चौधरी, क्रिटिक्स सर्वोत्कृष्ट मोडेल महिला २०८० मधु चौधरी लगायतका अवार्ड हात पार्न सफल भएको हो । बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिले पहिलो पटक थारु राष्ट्रिय म्युजिक अवार्ड चैत्र २४ गते धनगढी स्थित सौराई पार्टी प्यालेसमा आयोजना गरेको थियो ।






