तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा पछिल्लो समय नेपाली जनघनत्व बढ्दै गईरहेको छ । यहाँ नेपालीहरुको बाक्लो उपस्थिति बढ्दै गर्दा नेपाली मौलिकता र नेपालीपनलाई बचाईराख्न विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रहरु गरिरहेका छन् । यसैमध्येको एक हो सिड्नी नेप्लीज मल्टीकल्चर सेन्टर अभियान । जसले नेपालको माटो, नेपाली सुगन्ध र नेपाली मौलिकता बचाईराख्न यतिबेला सिड्नी नेप्लीज मल्टीकल्चर सेन्टर अभियान सञ्चालन गरी अस्ट्रेलियामा नेपाली सामुदायिक भवन निर्माणको परिकल्पना अगाडी बढाएको छ । सिड्नीमा रहेका नेपाली समुदायहरुबीच एक आपसमा जमघट सहित भातृत्व कायम गर्ने र विभिन्न नेपाली चाडपर्वहरु मनाउन र कार्यक्रमहरु गर्नका लागि उपयुक्त स्थानको खोजि सहित थालिएको यो अभियान यतिबेला तीब्र रुपमा अगाडी बढेको छ ।
साउथ वेस्ट नेपाली मल्टीकल्चर सोसाइटीको परिकल्पनामा अगाडी बढेको यो अभियान अहिले सिड्नी नेप्लीज मल्टीकल्चर सेन्टर अभियान रूपान्तरित भएर अगाडी बढेको छ । अभियानको प्रगतिका बारेमा जानकारी दिने उद्धेश्यले २८ मार्च बिहीबार सिड्नीको इङलवनमा आयोजित पत्रकार सम्मेलनमा सिड्नी नेप्लीज मल्टीकल्चर सेन्टर अध्यक्ष ढकालले सदस्यता वृद्धि गर्ने अभियानलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढिरहेको भन्दै सबैको साथ सहयोग आवश्यक रहेको धारणा राखे । महासचिव डा.प्रकाश पौडेलले संस्थाले गरेका गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए भने उपाध्यक्ष द्वय उपाध्यक्ष सूर्य खनाल, कल्याणी बर्तौला,पब्लिक अफिसर तिर्थ खतिवडा र प्रवक्ता अरुण गौतम, सदस्य हरी भक्त अधिकारी, एनआरएनए पूर्व अध्यक्ष नन्द गुरुङले आफ्ना धारणा राखे । कार्यक्रममा उपस्थित संचारकर्मीहरु एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्ले, उपाध्यक्ष प्रकाश हुमागाईँ, प्रवक्ता तक्दीर अधिकारी, नेपाल न्यूज अस्ट्रेलियाका सम्पादक माधव गैरे लगायतले अभियान अभियानको बारेमा आफ्ना भनाइ राख्दै सल्लाह र सुझाव दिए।
कसरी सुरु भयो अभियान ?
संस्थाले सन् २०१७ बाट २०१९ सम्म समुदायमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । सन् २०१६ मा देबेन्द्र सापकोटाको अध्यक्षतामा साउथ वेस्ट नेपलिज कम्युनिटी गठन भयो र साउथ वेस्ट नेपाली मल्टीकल्चर सोसाइटीको परिकल्पनामा अगाडी बढेको थियो । त्यस्तै सन् २०१९ देखि सन् २०२१ मा संस्थालाई आधिकारिता दिने र विभिन्न प्रोमोसनका कार्यक्रमहरु अगाडी बढे । लगत्तै बृहतर छलफल पछि सबै सिड्नी लगायत सम्पूर्ण नेपाली समुदायलाई समेट्ने उद्देश्यले साउथ वेस्ट नेपाली मल्टीकल्चर सोसाइटीको परिकल्पनामा वाट सिड्नी नेप्लीज मल्टीकल्चर सेन्टर अभियान रूपान्तरित भएर सन् २०२१ बाट २०२३ कार्यकालका लागि सुदिप ढकाल अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन भयो । सोही अवधीमा संस्थाले झण्डै ५० भन्दा बढी बैठक राखेर विभिन्न तह र तप्काका व्यक्तिहरुसंग सल्लाह लिने तथा सल्लाहकार समिति समेत चयन गर्यो । सन् २०२३ मे मा १९ सदस्यीय टार्कफोर्स सदसइ गठन भयो जसको संयोजक सुदिप ढकाल र महासचिव डा. प्रकाश पौडेल सहितका अन्य पदाधिकारी तथा सदस्यहरुले गरे । २ जुलाई २०२३ मा कम्युनिटी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्यो र जसले २ वटा प्रस्ताव पेश गर्यो । जसमा डा. प्रकाश पौडेल र एनआरएनए अध्यक्ष अनिल पोखरेलले पब्लिक मोडेल र डिला खरेलले बिज्नेस मोडेल प्रस्ताव पेश गरेका थिए । जुन कार्यक्रममा १ सय भन्दा बढीको उपस्थिति रहेको थियो । ३ वटा स्थानीय सरकारका अधिकारी र सांसदहरुको समेत उपस्थितिमा आयोजित उक्त कार्यक्रम भव्य बन्यो ।
सिड्नी नेप्लीज मल्टीकल्चर सेन्टरले २ अगष्ट २०२३ मा क्वीन्सल्याण्ड नेपलिज कम्युनिटीसंग अन्तरक्रिया कार्यक्रम र १८ अगष्ट २०२३ मा पहिलो गाला डिनर सम्पन्न गरी सोही अवसरमा सिड्नी मल्टिकल्चर सेन्टरको परिकल्पना शसक्त्त रुपमा गतिविधिहरु अगाडी वढाएको छ । सेप्टेम्बरबाट टार्कफोर्समा सदस्यताको आह्वान गरियो । जुन संस्थामा अहिलेसम्म १ सय सदस्य आबद्ध छन् । डिसेम्बरबाट सिड्नी नेप्लीज मल्टीकल्चर आधिकारिक रुपमा दर्ता भयो । हाल उक्त सेन्टरमा ४२ जना साधारण सदस्यहरु, ७ जना पदाधिकारी र २५ जना सदस्यहरु आबद्ध रहेका छन् । जसको अध्यक्ष सुदिप ढकाल, उपाध्यक्ष सूर्य खनाल र कल्याणी बर्तौला, महासचिव डा. प्रकाश पौड्याल, सचिव प्रकाश बस्ताकोटी, कोषाध्यक्ष अमृत आचार्य, पब्लिक अफिसर तिर्थ खतिवडा, प्रवक्ता अरुण गौतम लगायत छन् । जनवरी देखि मार्च २०२२ सम्म सामाजिक सञ्जाल फेसबुकमा साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नी मल्टिकल्चरलाई सहयोग गर्ने अनुरोध सहित अपिल र विभिन्न व्यक्तिहरुलाई आग्रह गरेपश्चात यो अभियान सुरु भएको हो ।
नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान तथा नेपलिज मल्टिकल्चरल सेन्टरलाई सहयोग पुर्याउने र सदस्यता बढवा दिने उद्धेश्यले सिड्नी नेपलिज मल्टिकल्चरल सेन्टर (एसएनएमसी) ले यही ६ अप्रिल शनिवार डर्लिङ हावर सुरुहुने कार्यक्रम बेलुकी ६ बजेदेखि राती १० बजेसम्म क्रुज पार्टीको समेत आयोजना गरेको छ







