सिड्नी । गैर आवासीय नेपाली संघ अन्तर्गतको नारी निकुञ्ज अस्ट्रेलियाले अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । मार्च ९ तारिख मेलवर्नमा निकुञ्जले विभिन्न सांस्कृतिक एवम् जनचेतामूलक कार्यक्रम सहित दिवस मनाएको छ । दिवसको यस वर्षको नारा लैगिंक समावेशितालाई प्रेरित गरौँ भन्ने रहेको थियो । नारी निकुञ्ज अस्ट्रेलियाकी अध्यक्ष संगीता चापागाईँको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पोखरेलले एउटै समाज, एउटै परिवार भित्र लिंगको आधारमा हुने असमान विभेदको अन्त्य भएर सबैको अस्तित्व कायम हुनु पर्ने बताए । 

कार्यक्रममा भिक्टोरिया राज्यका बहुसांस्कृतिक आयोगकी आयुक्त सिल्भिया कुम्बे, यानयिन लेजिस्लेटिभ एसेम्बलीकी सदस्य लाउरेन काथंगे, मेरिबेक सिटी काउन्सिलकी काउन्सिलर सु बोल्टन, फिलिपिनो महिला समुदायकि अध्यक्ष नेस गुभान्जो र अष्ट्रेलियन लेबर पार्टी ब्रोडमेडोज शाखाका सभापति प्रविन कुमार, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, महासचिव सन्तोष कुँवर, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष टोनु घोताने, एनआरएन भिक्टोरिया संयोजक मनिरत्न सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नारी निकुञ्ज भिक्टोरिया संयोजक राशीसिंह ठकुरीको स्वागत मन्तव्य रहेको कार्यक्रममा नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक संगीता चापागाईंले धन्यवाद मन्तव्य व्यक्त गरिन् ।
नारी निकुञ्ज भिक्टोरिया संयोजक राशीसिंह ठकुरीको स्वागत मन्तव्य रहेको कार्यक्रममा नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक संगीता चापागाईंले धन्यवाद मन्तव्य व्यक्त गरिन् ।
कार्यक्रममा जेनिशा पुन, युनिशा ज्ञवाली, रीशा खड्का, रिजु पौडेललगायतले नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागी हुन विभिन्न राज्य संयोजकहरु पर्थ, ब्रिसबेन, होबार्ट, सिड्नी लगायतका ठाउँबाट पुगेका नेपाली महिला नेत्रीहरु एवम् कार्यक्रमका अतिथिहरुलाई रिजु पौडेलले सुरक्षित महिनावारी र यसका संवेगात्मक असरहरुका बारेमा जानकारी दिएकी थिईन् । कार्यक्रममा गृष्मा तामाङले मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरेकी थिईन् ।







