बेलायतको रश्मोर बरोमा मेयर रेणु दाहाललाई भब्य स्वागत (फोटो फिचर )

लन्डन । बेलायतको रश्मोर बरोमा मेयर रेणु दाहाललाई भब्य स्वागत एबम सम्मान गरिएको छ  ।

अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न लन्डन आइपुगेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिलमा भेटवार्ता गरेर सम्मान पाएकी छन् ।

मेयर दाहालले रश्मोर बरो काउन्सिलका मेयर क्लाइभ ग्रेटन Councillor Clive Grattan, the Mayor of Rushmoor Borough Council तथा नेपाली मुलका काउन्सिलरहरु धन बहादुर सार्की,जिव वेलवासे, नेम थापा, सगं भेटघाट सहित आपसी सम्बन्धका विषयमा छलफल भएको हो उक्त भेटवार्तामा बेलायत नेपाल जनस्तरको सम्बन्ध, बेलायती सहयोग, द्विपक्षीय भ्रमण आदानप्रदान, भूतपूर्व गोर्खा मुद्दा लगायत समसामयिक विषयमा छलफल भएको काउन्सिलर धन बहादुर सार्कीले लन्डन नेपाल न्यूजलाई बताए ।

मेयर रेणु दाहाललेदाहालले भरतपुर घुम्न विशेष निम्तो समेत दिएकी थिइन् । गत सातामात्रै ‘भरतपुर भ्रमण वर्ष २०२४’ उद्घाटन गरिएको हो ।