बेलायतमा गुल्मेलीले भब्य च्यारिटी गर्दै,पञ्चे बाजामा बन्दनाले नचाउने

लन्डन । गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने भएको छ। विश्व अपांगता दिवसको अवसरमा वर्षेनी गरिंदै आएको कार्यक्रम डिसेम्बर ३ तारिख आइतबार साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा गरिने भएको हो।

कार्यक्रमको ब्यापक तयारी गरिएको अध्यक्ष बीर बलालले लन्डन नेपाल न्यूजलाई बताए । 

कार्यक्रममा प्रथम गुल्मेली नौमती बाजाको विशेष प्रस्तुतिका साथै विभिन्न स्थानीय कलाकारले गीत, नृत्य सहितका मनोरञ्जनात्मक प्रस्तुतिहरु गर्ने उपाध्यक्ष तारा भट्टराईले बताइन् 

महासचिव रुद्र थापाले कार्यक्रममा प्रथम गुल्मेली नौमती बाजा यूके र डिजे हेम विष्ट र गुल्मेली चेली चर्चित लोक तथा दोहोरी गायिका बन्दना पाण्डेको प्रस्तुतिका साथै स्थानीय कलाकारले पनि नृत्य देखाउने र फरक क्षमता भएका अतिथिहरु सहभागी हुने बारे बताए।

कार्यक्रमको लागि खाना व्यवस्थापन सल्लाहकार रोमनाथ पाण्डेलाई जिम्मा लगाइएको छ।उक्त दिन सबै उपस्थितिका लागी समाजका अध्यक्ष बीर बलालले अनुरोध सहित अपिल गरेका छन ।