लन्डन । स्याङ्जा समाज युकेको अध्यक्षमा भरत गुरुङ निर्विरोध चयन भएका छन् ।
डिसेम्बर ३ आईतबार अल्डरसटमा भएको वार्षिक साधारणसभा र अधिवेशनले भरत गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचन समितिका प्रेमुख संयोजक डेभिड गुरुङका अनुसार सबै पदहरुमा एकल उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा नगरिएको निर्वाचन समितिका संयोजक गुरुङले बताए ।
यसै गरी कार्यसमितीको उपाध्यक्षमा भक्त दर्जी, रुपा गुरुङ र जगदीश गुरुङ निर्विरोध चयन भएका छन् ।
यसै गरी महासचिवमा इन्जिनियर रामराज शर्मा, कोषाध्यक्ष शिव सापकोटा र सहकोषाध्यक्ष चन्दा थापा चयन भएका छन् ।
सद्स्यहरुमा भिमबहादुर गुरुङ (खेलकुद), युवराज गुरुङ, श्यामबहादुर गुरुङ, हुमकुमारी गुरुङ (महिला संयोजक), सहसंयोजक भुमाया थापा, प्रवक्ता गोमा राना र कानुनी सल्लाहकार भिम पौडेल चयन भएको निर्वाचन समितिका प्रमुख डेबिड गुरुङले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका लागि समाजका वरिष्ठ सल्लाहकार डेविड गुरुङको प्रमुख रहेको निर्वाचन समिति गठन गरिएको थियो । समितिमा सचिव गोमा राना र सदस्य इन्द्र क्षत्री, पार्वती गुरुङ र गिर गुरुङ थिए ।
संस्थाका अध्यक्ष शारदा गुरुङ पितृशोकमा नेपालमा भएकोले कार्यवाहक अध्यक्ष भरत गुरुङको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको थियो । महासचिव डा बलराम ढकालले शुभारम्भ गरे । उपाध्यक्ष भरत गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । एक मिनेट मौनधारणपश्चात उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
संस्थाका संरक्षक थर्क सेन, मे. कुमार गुरुङ, मगर संघका निवर्तमान अध्यक्ष ले. रि. सुनिल राना, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेका अध्यक्ष गोमा राना र सोंपाल समाज यूकेका अध्यक्ष श्रीप्रसाद गुरुङले पानसमा बत्ती बालेर अधिवेशन उद्घाटन गरेका थिए ।
अधिवेशनमा स्याङ्जा समाजका प्रवक्ता एलबिजेड गुरुङ, कुमार गुरुङ, सुनिल राना, नारायन गुरुङ, श्रीप्रसाद गुरुङ, डेबिड गुरुङ, विशाल गुरुङ र थर्क सेनले शुभकामना दिँदै संस्थाले छोटो समयमा द्रतगतिले महत्वपूर्ण कार्य सम्पन्न गरेकोमा खुसी पनि व्यक्त गरेका थिए ।
महासचिव डा बलराम ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष रुपा गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भरत गुरुङले अध्यक्ष शारदा गुरुङको प्रतिवेदन प्रस्तुतको साथै कार्यसमिति विघटन घोषणा गर्दै पहिलो सत्र अत्यन्तै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको थियो ।
दोस्रो चरणमा निर्वाचन प्रमुख डेविड गुरुङ र उनको टिमले निर्वाचन प्रक्रियालाई अगाडि बढाएर नयाँ कार्यसमिति चयन गरिएको हो । निर्वाचिन चरणको कार्यक्रम निर्वाचन समिति सचिव गोमा रानाले सन्चालन गरेकी थिइन् ।






