काठमाडौं, १५ आषाढ । नेपाल र नेदरल्याण्ड्सबीचको टी–२० अन्तराष्ट्रिय क्रिकेट शृङ्खला मंगलबारबाट सुरु हुँदैछ । अर्को वर्ष हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले नेदरल्याण्ड्ससँग पहिलो पटक चार खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न लागेको हो ।खेल नेपाली समय अनुसार आज बेलुकी पौने ९ बजे नेदरल्याण्ड्सको एम्सटेल्भिनमा हुनेछ । शृङ्खलाका लागि नेपाली क्रिकेट टोली नेदरल्याण्ड्स पुगिसकेको छ ।
अभ्यासका लागि इङ्ल्यान्ड पुगेको नेपाली टोली त्यहाँ चारवटा अभ्यास खेल सकाएर नेदरल्याण्ड्सतर्फ लागेको हो । नेपालले इङ्ल्यान्डमा खेलेका चार अभ्यास खेलमा दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेदरल्याण्ड्सविरुद्धको शृङ्खला सकाएर नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्न आयरल्याण्डतर्फ लाग्नेछ ।१४ टोली सहभागि छनोट प्रतियोगिताको समुह बी मा रहेको नेपालले समुह चरणमा आयरल्याण्ड, हङकङ, पपुवा न्युगिनी, नामिबिया, अमेरिका र जर्सीसँग खेल्नेछ । जुलाई ९ देखि १८ दिनसम्म चल्ने प्रतियोगिताबाट शीर्ष ६ टोली अर्को वर्ष भारतमा हुने विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको लागि छनोट हुनेछन् ।
नेपाली क्रिकेट टोली नेदरल्याण्ड्स पुग्यो






