तस्बिर: ध्रुब गुरुङ
लण्डन । तमुधी युके लण्डन ईकाईले आयोजना गरेको हरितालिका तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सेप्टेम्बर १६ तारिख शनिवार सडबरी स्थित हलमा भव्यताका साथ तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
तमुधी लण्डन ईकाई आमा समुहकी अध्यक्ष कमला गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तमुधी युके आमा समुहकी अध्यक्ष सन्ध्या गुरुङ रहेकी थिईन् । कार्यक्रमको अध्यक्ष र प्रमुख अतिथिले सयुंक्त रुपमा दि प्रज्वललन गरी उद्घाटन गरिएको थियो ।समाजले दरखाने कार्यक्रम सहित डिजे र अन्य विभिन्न रमाइलो नाचगान कार्यक्रम गरी तीज मनाएको हो ।
तमुधी लण्डन ईकाईका सचिब रक गुरुङ Rock Gurung का अनुसार हरितालिका तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
नारीको ऊच्च सम्मान चेलीवेटी दिदिबहिनीहरुको सम्मान हामी सॅंधै गर्दछौं।यि सम्मान आदर नमनहरुको लागि तमुधीं लण्डन इकाई तिथीमिति अर्थात बर्ष दिनको चार्ड पर्वलाई मनोरन्जन तबरले एकै ठाऊॅंमा भेला भई रमाईलो गरि मनाऊन बर्ष भरिको ब्यस्तता दिनचार्य कष्ट मेहेनत सबै भूलेर नाचगानमा रम्ने दिन आज 16th September शनिबार तमुधीं यूके लण्डन इकाई बिशेष आमा समुहको आयोजनामा तमुधीं यूके आमा समुहकी अध्यक्ष सन्ध्या गुरुड•को प्रमुख अतिथ्यमा नेपाली हरितालीका तीज कार्यक्रम भब्यताको साथ सम्पन्न भयो।
औपचारिक कार्यक्रमको अध्यक्षता आमा समुह अध्यक्ष श्रीमती कमला गुरुड•ज्यू ले गर्नु भएको थियो। प्रमुख अथिति तमुधीं यूके आमा समुह अध्यक्ष श्रीमती सन्ध्या गुरुड•ज्यू,हुनुहुन्थ्यो।बिशिष्ट अथिति तमुधीं यूकेका अध्यक्ष हरि गुरुड•ज्यू, लण्डन इकाई प्रमुख संरक्षक खुशीमान गुरुड•ज्यूको धर्मपत्नी मिना गुरुड•ज्यु, बिशिष्ट अथिति NRNAUK पूर्व अध्यक्ष श्रीमती पुनम कोन्स्यो गुरुड•,काऊन्सिलर लक्ष्य बहादुर गुरुड•ईकाइका पूर्व अध्यक्ष ट्र्ष्टिज एवं NRNAUK का प्रमुख संरक्षक डेबिड गुरुड•हुनुहुन्थ्यो।
बिशेष अथिति लमजुड•समाज यूकेका अध्यक्ष दल बहादुर गुरुड•ज्यू ,ऊहांका धर्मपत्नी तारा गुरुड•ज्यू,आमा समुह माला घले ज्यू,सोंपाल समुहका अध्यक्ष श्रीप्रसाद गुरुड•ज्यू,मनदेवी गुरुड•ज्यू,यूके कोन्स्यो चेलीवेटी प्रमुख चन्द्रदेवी गुरुड•ज्यू, SERTD का संस्थापक अध्यक्ष क्या. नारायण गुरुड•MBE, पूर्व ऊपाध्यक्ष समाजसेवी पार्वती गुरुड•ज्यू,नातागोता समाज यूकेका अध्यक्ष, CBTSUK संस्थापक अध्यक्ष एवं ईकाईका ट्र्ष्टिज ले.नारायण प्रसाद गुरुड•ज्यू,लण्डन इकाई निबर्तमान अध्यक्ष चन्द्र बहादुर गुरुड•ज्यू लगायत धेरै भन्द धेरै समाज र संस्थाहरुबाट प्रतिनिधित्व गरि ऊपस्थित हुनु भएको थियो। पहिलो चरणको औपचारिक कार्यक्रम आमा समुहकी सचिव गुना गुरुड•ले अति नै ऊत्कृष्ट तबरले संचालन गर्नु भएको थियो।
शुभकामना मनतब्य लण्डन इकाईका अध्यक्ष बिष्णु गुरुड•ज्यू लगाएत बिशिष्ट र बिशेष अथिति ज्युहरुले दिनु भएको थियो। दोस्रो चरणको मनोरन्जत्मक कार्यक्रम धेरै प्रतिभाको खानी हाम्रो संस्थाको सांस्कृतिक कार्यक्रम संयोजक प्रतिभावन ऊतकृ्ष्ट कार्यक्रम संचालिका हेलीसा गुरुड•ले गर्नु भएको थियो। सुरक्षा सम्बन्धी जानकारी आमा समुह ऊपाअध्यक्ष देवकला गुरुड•ले गर्नु भएको थियो। राफल ड्र भाग्यद्बय चिट्टा बिक्री बितरणमा सह-संयोजक सृष्टी गुरुड•र साथीहरुले गरेका थिए। कार्यक्रमा संयोजक बिनु गुरुड•ज्यू ले ऊपस्थित भईदिनुभई तीज कार्यक्रम सफल पारीदिनु हुने सबै सबैमा हार्दिक आभार प्रकट गरि धन्यवाद दिनु भयो। डिजे मा शुसील गुरुड•,ले नेपाली प्रचालित गित जनाजिब्रोमा झुण्डी रहेको प्रख्यात गितहरु बजाऊॅंद ऊपस्थित सम्पूर्ण दिदिबहिनीहरुले भरपूर मनोरन्जन गर्नु भयो।
कार्यक्रमा ऊपस्थित सबै दाजूभाई दिदिबहिनी सम्पूर्णलाई आमा अध्यक्ष कमला गुरुड•ले धन्यवाद ब्यक्त गरि आभार प्रकट गर्नु भयो।अन्तीम समय सम्म पनि तीजको गीतमा सबै रम्दै नाच्दै खुशीको रौनकले हल भित्र र बाहिराको माहोल अति नै रमणीय रह्यो। अथिति ज्यूहरुको स्वागत सत्कारमा सृजना गुरुड•,संगिता गुरुड•लक्ष्मी गुरुड•र तुल्सी गुरुड•लगायत आमा समुह पदाधिकारी ज्यूहरुले गर्नु भएको थियो।टिकट ब्यवस्थपनमा आमा समुह कोष अध्यक्ष गुड्डु गुरुड•,ईकाइका कोषअध्यक्ष नन्द प्रसाद गुरुड•,लक्ष्मी गुरुड•तुल्सी, र सृजना गुरुड•समुहले साथ दिनु भएको थियो। बिहान सबेरै हल सजवाटको लागि इकाई कार्यसमितिका सबै पदाधिकारीहरुको सकृयमा दुलाही जस्तै सिंगारिएको थियो।
ईकाईका संस्थापक एवम् सल्लाहकार डेबिड गुरुङले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजमा दिदी बहिनीहरुलाई भेटघाट हुने र रमाईलो गर्दै तीज मनाउने अवसरका रुपमा कार्यक्रम आयोजना गरिएको बताए । 






















