अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीका कारण फेरि दार्चुला सदरमुकाम बांगाबगर जोखिममा परेको छ ।
विगत २ दिनदेखि परेको अविरल परेको वर्षाका कारण मान्छे नबसेका अपी नगरपालिका–११ का गणेश सिंह बोहरा, हरक सिंह महरा र गजैसिंह महराको घर बगेको छ ।
२०६९ असार ४ गते महाकाली नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको दार्चुला सदरमुकामका कैलाशपति निमावि छाङगरु र ब्यांस गाविसको भवन लगायत एक दर्जन भवनहरु पुर्णरुपमा जोखिममा रहेका छन्। नदीको सतह बढिरहेकाले जोखिम बढेको भन्दै कैलाशपति निमावि तीन दिनका लागि बन्द गरिएको छ।
अविरल वर्षाले पश्चिम नेपाल प्रभावित, ३ घर बगायो






