फ्रान्समा आक्रमण, घाँटी रेटी एकजनाको हत्या

islam

काठमाडौं, आषाढ ११ । फ्रान्सको लिओन सहरनजिकको एक ग्याँस उद्योगमा आशंकित इस्लामिक अतिवादी आक्रमणमा एकजना मारिएका छन् भने अर्का एकजना घाइते भएका छन् ।

मारिएका व्यक्तिको घाँटी छिनालिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उद्योगमा साना–साना थुप्रै विस्फोट पनि भएका छन् । घटनामा संलग्न रहेको आशंकामा एकजनालाई पक्राउ गरिएको र उनीसँग इस्लामिक लडाकूले प्रयोग गर्ने झन्डा फेला परेको प्रहरीले जनाएको छ ।