लन्डनमा भब्य बन्यो १५ औं गुल्मेली मेला हजारौको भीड, नौमती बाजा देखि सांगीतिक प्रस्तुति सम्म

लन्डन । गुल्मी जिल्ला समाज यूकेको १५ औं वार्षिक भेला भव्य भएको छ । बेलायतमा बसोबास गर्दै आएका गुल्मेली हरुको संस्था गुल्मी जिल्ला समाज यूकेले आइतबार समर भेटघाट कार्यक्रम गरेको हो ।

लन्डन फेल्थमस्थित कम्युनिटी कलेजको खुल्ला मैदानमा बिबिध सांस्कृतिक कार्यक्रम सहित भएको जमघटमा झण्डै १५ सय जना सहभागी थिए ।

समाजका अध्यक्ष बिर बलालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लण्डनस्थित पशुपतिनाथ मन्दिरका मूल पूजारी निलहरी घिमिरेले मन्त्र बाचन गरी स्वस्ती शान्ति गरि समाजका अध्यक्ष बिर बलाल एबम प्रमुख अतिथि लन्डन दुतावासकी उपनियोग प्रमुख रोशन खनालले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

समाजका महा सचिव रुद्र थापाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक एवम् समाजका उपाध्यक्ष वरुण भण्डारीले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य सहित स्वागत गरेका थिए ।क्या.विर बहादुर थापको स्वागत गीत संगै सुरु भएको कार्यक्रममा स्वागत गीत सहित विभिन्न सांगीतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो। लन्डन दुतावासकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गुल्मी जिल्ला बेलायतमा समेत ठुलो जिल्लाको रुपमा परिचित भएको भन्दै कार्यक्रम भव्य रुपमा सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरिन् । उनले समाजले सामाजिक क्षेत्रमा र गृह जिल्लाको अफ्ठ्यारोमा उत्कृष्ट कार्य गरेको भन्दै आभार व्यक्त गरिन् ।

कार्यक्रममा समाजका सल्लाहकार एबम पूर्व अध्यक्ष राम गलामी सल्लाहकार फक्त थापा,रण बहादुर केशी तथा डा प्रेम ज्ञवाली लगायतले सम्बोधन गरेका थिए।गुल्मी जिल्ला र गृह देशको विभिन्न विपत्तिमा हरदम साथ र सहयोग गर्दै आईरहेको भन्दै समाजले उत्कृष्ट कार्य गर्न सफल भएको बताए ।

कार्यक्रममा नेपालबाट आएका गुल्मेली कलाकारहरु गायक तिलक बस्नेत, सन्तु थापा र गायिका पवित्रा सर्तुङे मगर शोभा कार्कीले आफ्नो सांगीतिक प्रस्तुती दिँदै उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

त्यस्तै प्रथम नौमती बाजा गुल्मी यूके समूहको विशेष प्रस्तुति सहित स्थानीय कलाकारका आकर्षक नृत्यहरुसंगै गुल्मेली झ्याउरे, लोकदोहोरी, भजन, तीजगीत, लगायतका विविध सांस्कृतिक समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सांस्कृतिक सचिव माया केसी,सचिब मोहन घिमिरे उपाध्यक्ष तारा भट्टराई र प्रवक्ता राधा खरेल लगायतले अतिथि सत्कार एवम् सयोंजन गरेका थिए ।कार्यक्रममा उपाध्यक्ष मन्जु भण्डारी लगायतको टिमले नविन एण्ड नविन ज्वेलर्सले प्रायोजन गरेको सुनका गहनका पुरस्कार वितरण गरेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष ओम प्रसाद थापा पूर्व अध्यक्ष अर्जुन गौतम, राम गलामी, टोप पल्ली ,गोर्खा मेजर गोबिन्द राना,मिस सपना रोका, पत्रकार मोहन बस्नेत, शिव भण्डारी कलाकारहरु ,द प्यालेस,साउण्ड सिस्टम लेख राना लगायतलाई समाजले सम्मान” प्रदान गरेको छ ।

कार्यक्रममा बेलायत स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु संस्थाका पदाधिकारी सहित सदस्यहरु र गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।स्वादिष्ट खानाका लागि द प्यालेस अल्डरसटले व्यवस्था गरेको थियो ।

अध्यक्ष बलालले कार्यक्रममा उपस्थित  सबैलाई धन्यवाद ज्ञापन गरे। कोषाध्यक्ष मुकुन्द खरालले टिकेटिङ तथा गेट व्यवस्थापन सम्हालेका थिए

कार्यक्रममा लोकप्रिय गायक र स्थानीय गायक गायिकाहरुको सांगीतिक प्रस्तुति दिएका थिए भने त्यस्तै साउण्ड सिस्टममा लेख रानाको प्रस्तुतिले पनि कार्यक्रम रोमान्चित बन्यो।