आशा-अपांग केन्द्रलाई शान्ति नेपाली समाजको आर्थिक सहयोग

तस्विर : टिका अधिकारी

लण्डन । गुल्मीको तम्घासस्थित आशा अपांग केन्द्रलाई शान्ति नेपाली समाज बेलायतले आर्थिक सहयोग प्रदान गरेको छ । समाजले संस्थालाई १ हजार ३४ पाउण्ड सहयोग प्रदान गरेको हो ।

सोमबार बर्मिगहमको वेस्ट बोर्मिचमा केन्द्रकी सञ्चालिका गंगा रायमाझीलाई एक कार्यक्रमका बीच सो सहयोग रकम हस्तान्तरण गरिएको प्रबक्ता अन्जु पाठकले लन्डन नेपाल न्युज लाई जानकारी गराउनु भयो ।

सोही अवसरमा शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रकी सञ्चालिका रायमाझीलाई संस्थाको तर्फबाट सम्मान समेत गरियो । केन्द्रको सहयोगार्थ समाजका सदस्यहरुका साथै मनकामना महिला समाज, वेस्ट बर्मिच र शान्ति नेपाली समाजकोे कोषबाट समेत रकम जम्मा गराइएको थियो ।

कार्यक्रममा सहयोग रकम बुझ्दै रायमाझीले सहयोग गर्ने शान्ति नेपाली समाजप्रति आभार प्रकट गरिन् । समाजका महासचिव प्रविन खरालले सञ्चालन गरको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष काशी शर्मा, निवर्तमान अध्यक्ष कृष्ण ढकाल, गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष तथा पत्रकार फडिन्द्र भट्टराई, मनकामना महिला समुहकी अध्यक्ष राधा खरेल लगायतले बोलेका थिए भने जय न्ती थापाले स्वागत मन्तब्य राखेकी थिइन् ।

रायमाझी गुल्मी जिल्ला समाज यूकेको अपांगता दिवस च्यारिटी कार्यक्रममा भाग लिन बेलायत आइपुगेकी हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *