सिड्नी । गोरखा समाज अष्ट्रेलियाले रोजगारमुलक वर्कसप कार्यक्रमको आयोजना गर्ने भएको छ । १२ अगष्ट २०२३ शनिवार सिड्नी स्थित वेन्टओर्थ स्त्रीट पारामाटामा उक्त कार्यक्रमको आयोजना गरिएको छ । अस्ट्रेलियामा बढ्दो नेपाली उपस्थितिका बाबजुद यहाँ रहेका रोजगारका सम्भावनाहरुको पहिचान र खोजि गर्ने तथा जानकारी दिने उद्धेश्यले रोजगारमूलक वर्कसप कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव इश्वर दहाल बताए ।
अष्ट्रेलियाको सिड्नी आसपास रहेका अन्तराष्ट्रिय विद्यार्थीले भोगिरहेका विभिन्न समस्याहरू रिजम लेखन, अन्तर्बाता दिने शैली र रोजगारका लागि आवश्यक निर्माण लगायतका ज्ञानको कमिले आफ्नो स्तर बमोजिमका रोजगार पाउन चुनौती खेपीरहेको बेला त्यो समस्यालाई समाधान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
बिहान १० बजे देखि दिउसो ४ बजेसम्म सञ्चालन हुने कार्यक्रमा सहभागी भएर मौकाको फाइदा लिन सिड्नी आसपासका अन्तराष्ट्रिय बिद्यार्थीहरूलाई आयोजक संस्थाले अनुरोध समेत गरेको छ । साथमा विभिन्न जानकारी मुलक कार्यक्रम सहित व्यवसायिक सुझाव र मानसिक स्वास्थ्यका विषयमा समेत प्रशिक्षण रहने बताईएको छ । अस्ट्रेलियामा रोजगारका सम्भावना र समाधानका विषयमा जानकारी दिने प्रमुख लक्ष्य रहेको दहालले जानकारी दिए ।






