लण्डन। गैरआवासीय नेपाली संघ एनआरएनए युकेमा निर्वाचनको माहोल तातिदै गएको छ । यसैबीच (एनआरएनए) यूके राज्य समन्वय परिषद इङ्गल्याण्डको अध्यक्षमा सन्तोष कुमार सुवेदी चुनावी मैदानमा छन् ।
इंग्ल्याण्ड अध्यक्ष पदका लागि युवा व्यक्तित्व सन्तोष कुमार सुवेदीले आफुलाई मत दिएर काम गर्ने मौका दिन अनुरोध गरेका छन। सरल र समाज सेवामा सक्रिय सुबेदीप्रति मतदाता र विभिन्न संघसंस्थाका अभियन्ताहरुले समेत आफ्नो साथ् र सहयोग रहने बताए पछि उनी उत्साहित भएर मैदानमा आएको लन्डन नेपाल न्युज लाइ बताए ।
कयौं सामाजिक काममा समेत सक्रिय सुबेदीले बेलायतस्थित समस्त नेपाली समुदाय, अग्रजहरु, एनआरएन अभियन्ता र शुभचिन्तकलाई आपसी एकता र सद्भावको वातावरण बनाउन पनि अपिल गर्दै निर्बाचन पछि पाएको जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।संस्थाको छवी खस्किइरहेका बेला युवा संलग्नता र उनीहरुको भिजनले मात्र संस्थागत सुधार हुन सक्ने उनी बताउंछन् ।
ओखलढुङ्गा जिल्लामा जन्मिएका उनी हाल बेलायतको साउथ हयारोमा बस्दै आएका छन्। एनआरएन युके राज्य समन्वय परिषद इङ्गल्याण्डको अध्यक्ष पदमा अत्याधिक मत पाएर बिजयी हुने कुरामा सुबेदी विश्वस्त रहेको बताउदै उनले मतदाता समक्ष आफूलाई मत दिन पनि अपिल गरेका छन् ।
“म समाजमा आम सहमति, एकता र सहकार्यको पक्षमा छु, मेरो पहिलो प्राथमिकता समाज र एनआरएनए भित्रको एकता हो, अध्यक्षको योग्य र ससक्त उम्मेदवार हुँ” आफ्नो उम्मेदवारीको बारेमा लन्डन नेपाललाइ उनले यस्तो प्रतिक्रिया दिए ।
एनआरएनए यूकेको भावी अध्यक्षका लागि दिनेश घिमिरे, हितकाजी गुरुङ र नारायण कँडेलबीच प्रतिस्पर्धा छ भने इंग्ल्याण्ड अध्यक्षमा सन्तोष कुमार सुवेदी र शम्भू प्रसाद अर्याल चुनावी मैदानमा छन् ।एनआरएनए यूकेको आउंदो २२ जुलाईमा अनलाइन मतदान तयारी छ ।






