म्यानमारमा कुपोषणसम्बन्धी सर्भे

म्यानमारले कुपोषणका बारेमा देशव्यापी रुपमा सर्भे गर्ने भएको छ । यस वर्षको अन्त्यसम्ममा म्यानमारले उक्त विषयमा सर्भे गरिसक्ने जनाइएको छ । म्यानमारका कयौँ बालबालिका कुपोषणको शिकार बन्ने गरेकोले यससम्बन्धी सर्भेक्षण गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।
म्यानमारको स्वास्थ्य मन्त्रालयले सो विषयमा  जानकारी दिएको छ । राष्ट्रसंघीय बालकोष, युनिसेफको सहयोग र समन्वयमा म्यानमारमा यस्तो सर्वेक्षण गर्न लागिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सन् १९५४ देखि म्यानमारको स्वास्थ्य मन्त्रालयले बालबालिकामा हुने कुपोषण हटाउने योजना निर्माण गरी काम गरिरहेको थियो । तर पनि पछिल्ला वर्षहरुमा गरिएका सर्वेक्षणहरुले त्यहाँ कुपोषणको मात्रा नघटेको पाइएकोले त्यसका लागि थप प्रभावकारी कामगर्न यो सर्वेक्षण गर्न लागिएको हो ।