जर्मनी र चीन विश्वकप महिला फुटबलको क्वाटरफाइनलमा

भ्यानकुवर, ६ असार । जर्मनी र चीन विश्वकप महिला फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्यानडामा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा स्वीडेनलाई ४-१ गोलअन्तरले हराउँदै जर्मनी अन्तिम आठमा प्रवेश गरेको हो ।
जर्मनीलाई विजयी गराउन सेलिया सासिचले दुई तथा अन्जा मिटाग र जेनिफर मारोज्सनले एक–एक गोल गरे । स्विडेनकी लिन्डा सेम्ब्रान्टले एउटा सान्त्वना गोल फकाइन् । यसैगरी आजै भएको अर्को खेलमधा क्यामरुनलाई १-० ले हराउँदै चीन पनि क्वाटरफाइनलमा पुगेको छ । खेलमा चिनलाई विजयी गराउन शानशान वाङले १३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।