काठमाण्डौ । विजया दशमीमा घर जाने यात्रुहरुलाई मध्येनजर गरेर आगामी असौज १ गतदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ ।
काठमाण्डौबाट देशका विभिन्न ठाउँमा जाने यात्रुहरुको सहजताका लागि यातायात व्यवस्था विभागले असौज १ गतेबाटै टिकट खुल्ला गर्ने निणर्य गरेको हो ।
विश्वकर्मापूजाको दिनदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने निणर्य भएको विभागका महानिर्देशक टोकराज पाण्डेले बताए । यसवर्षको विजया दशमी असौज १९ गते रहेको छ ।
दशैमा राजधानी काठमाण्डौबाट गाउँ जाने यात्रुको घुईँचो लाग्नेछ । काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा असोजदेखि लिन सक्नेबताइएको छ ।






