सिड्नी । नेपाली कला, संस्कृति तथा साहित्य प्रज्ञा प्रतिष्ठान अस्ट्रेलियाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०२३ वैशाख २९ गते सम्पन्न साधारण सभाले विभिन्न महत्वपूर्ण निणर्यहरु गरेको छ भने कार्यसमिति समेत चयन गरेको छ ।
सदस्यहरुको परिचयात्मक कार्यक्रम सहित सुरु भएको कार्यक्रममा अध्यक्ष सुजाता बस्नेत केसीले अष्ट्रेलियामा कला, संस्कृति र साहित्यसँग सम्बन्धित संस्थाको स्थापनाका लागि आवश्यक पर्ने उद्देश्यका बारेमा संक्षिप्त जानकारी दिएकी थिईन् । उनले सन् २००९ मा संस्थाको स्थापना भएको बताइन् । उनले संस्थाले गरेका विगत, वर्तमान कार्यका साथै संस्थाले भावी कार्यक्रम पनि प्रस्तुत गरेकी थिईन् ।
त्यस्तै पूर्व कोषाध्यक्ष ज्वाला विष्टले संस्थाको विगत दुई वर्षको आयव्यय विवरण प्रस्तुत गरेकी थिईन् । बैठकको नेतृत्व पूर्व उपाध्यक्ष रमेश बानियाँले गरेका थिए भने महासचिव रेखा भट्ट सिम्खडाले सभामा उपस्थित सम्पूणर् टिम सदस्य, कार्यकारिणी सदस्य तथा शुभेच्छुकहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत गरेकी थिईन् ।
अधिवेशनले आगामी २०२३/२०२५ कार्यकालका लागि नयाँ कार्यसमिति समेत घोषणा गरेको छ । डा. राजु मानन्धरको सयोंजकत्वमा बनेको निर्वाचन समितिमा सल्लाहकार दयाराम सिम्खडा र सुजित सिग्देल लगायतले नयाँ गठित समितिको घोषणा गरेका थिए । नवगठित १९ सदस्यीय समितिको अध्यक्षमा सुजाता बस्नेत केसी, वरिष्ठ उपाध्यक्षमा रमेश बानिया, बरिष्ठ उपाध्यक्ष (साहित्य) तर्फ कल्याणी बर्तौला, उपाध्यक्ष (सांस्कृतिक) तर्फ सुशील सिजापति लगायत रहेका छन् ।संस्थाको संरक्षकमा जानकी रिमाल पौडेल , त्यस्तै महासचिवमा रेखा भट्ट सिम्खडा, सचिवमा भूषण रोका, कोषाध्यक्षमा ज्वाला विष्ट, तथा सदस्यहरुमा मञ्जु गुरुङ, सदस्य एवम् नृत्य सयोंजकमा रिना केसी, सदस्यहरुमा विनोद थापा, पाण्डव राई, राम राहुल रेग्मी, पुनम पुन, समीर हुमागाईं, अभिषेक आचार्य, श्रीमान्य भट्टराई, सुजन पोखरेल र किलिशा शाह लगायत रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा डा. राजु मानन्धर, देव गुरुङ, ज्ञान गुरुङ, दयाराम सिम्खडा र सुमन सिग्देल लगायतलाई चयन गरेको छ ।उक्त अवसरमा रत्न महर्जनलाई संस्थाको सांस्कृतिक राजदूतमा नियुक्त गरिएको छ ।
नेपाली कला, संस्कृति तथा साहित्य प्रज्ञा प्रतिष्ठान अस्ट्रेलियाले नेपाली कला भाषा र संस्कृतिको संरक्षण एवम् सवंद्र्धन गर्ने लगायत भाषा जयन्ती मनाउने, नेपाली भाषविद तथा, नेपाली समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने र भानु जयन्तीको अवसरमा सम्मान गर्ने, हरितालिका तीजको अवसरमा विभिन्न कार्यक्रम र बहुसांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।जुन १० तारिख भानु जयन्ती, अगष्ट ११ मा हरितालिका तीजको कार्यक्रम र त्यसपश्चात बालबालिकाहरुको कला प्रदर्शन कार्यक्रम आयोजना गरिएको छ।






