पर्वत वेलफेयर सोसाइटी यूकेले साहिमा र रमिलाको साथमा ३० अप्रिल प्यालेसमा नयां वर्ष मनाउदै

लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले नेपाली नयां वर्ष २०८० मनाउने भएको छ । आउँदो ३० अप्रिल साँझ अल्डरसटस्थित प्यालेस रेष्टुरेन्ट हलमा कार्यक्रम भब्य रुपले गर्ने भएको हो  ।

कार्यक्रममा चर्चित कलाकार  साहिमा श्रेष्ठ र रमिला न्यौपाने तथा स्थानीय कलाकार बाबुराम भुसालको प्रस्तुति रहनेसोसाइटीका वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले लन्डन नेपाल न्युज लाइ बताए ।

कार्यक्रममा प्रवेश शुल्क २० पाउन्ड राखिएको छ । एडभान्समा लिनेलाई १५ पाउन्ड, १२ वर्ष मुनिकालाई हाफ प्राइस र ५ वर्ष मुनिकालाई निशुल्क हुनेछ ।

कार्यक्रम सफल बनाउन अध्यक्ष गुरुङ, वरिष्ठ उपाध्यक्ष सुरज पौडेल, उपाध्यक्षहरु भरत पौड्याल र विक्रम मल्ल, महासचिव सञ्जय भण्डारी, सचिवद्वय भक्त राना र गंगा क्षेत्री लगायत समस्त कार्यसमिति जुटेको छ ।

नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदानसहित गर्न लागिएको उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई प्रमुख अतिथी निम्त्याइएको छ ।

सोसाइटीकी अध्यक्ष अप्सरा गुरुङले कार्यक्रममा सहभागी भएर शुभकामना आदान प्रदान सहित रमाइलो गर्न सबैमा अनुरोध गरेकी छन् ।