शिब भण्डारी
लन्डन। बेलायतको वाटफोर्ड बरो काउन्सिलको होलिवेल वार्डबाट सञ्जय पन्त कन्जरभेटिभ पार्टीबाट काउन्सिलर पदका उम्मेदवार चयन भएका छन् ।आउँदो मे ४ बिहिबार हुने निर्वाचनको लागि पन्त उम्मेदवार चयन भएका हुन् ।

पार्टीको आन्तरिक प्रक्रियाबाट पन्त लाई उम्मेदवार चयन गरिएको हो ।उम्मेदवार चयन भए पछि लन्डन नेपाल न्यूज संगको टेलिफोनमा पन्तले भने,काउन्सिलर पदमा उम्मेवार बन्न इच्छुक पात्रहरुबाट प्राप्त आवेदनहरुमाथि अध्ययन गरी पार्टीले आफुलाई नै उम्मेदवार छनोट गरेको बताउंछन् ।कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार चुनिएपछि आउँदो मे ४ मा हुने निर्वाचनमा पन्तले प्रतिस्पर्धा गर्नेछन् ।
वाटफोर्ड जनरल अस्पतालमा सिनियर सर्भिस कोअर्डिनेटर समेत रहेका सञ्जय पन्तले उक्त वडामा गत बर्ष थोरै मतले उपविजेता बनेका थिए ।पन्तले आफु नेपाली समुदाय र युवाहरुको प्रतिनिधि गर्दै चुनावी मैदानमा आएको भन्दै स्थानीय सरकारमा नेपालीहरुको पहिचान दिँदै नमुना वडा बनाउने योजना सहित चुनावी मैदानमा आएको लन्डन नेपाल न्युजलाई बताए ।
चितवन भरतपुर महानगर -१० का स्थायी घर भएका पन्त विगत १४ बर्ष देखि बेलायतमा छन् । उनले आफु नयाँ सोँच र विचारका साथ अगाडी बढेको भन्दै सहयोग गर्न र जिताउन सम्पूर्णलाई आग्रह समेत गरे ।






