सिड्नी । एसोसिएसन अफ नेपाल तराई (एन्टा) अस्ट्रेलियाले होलि पर्वको अवसरमा आयोजना गरेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । एसोसिएसनले मार्च ५ तारिख सिड्नीको रकडेल स्थित ईन्द्रेणी फंक्सन सेन्टरमा होली हगांमा २०२३ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो ।
बेलुकी ६ बजेबाट सुरु भएको कार्यक्रममा विविध सांस्कृतिक, मनोरञ्जनात्मक तथा रमाईलो मेलाका साथमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बजोड सांगीतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, न्यू साउथ वेल्स अवैतानिक महावाणिज्यदूत दिपक खड्का, एनआरएनए ग्लोबल उपाध्यक्ष धर्मराज अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ब्ल्याकटाउन नेप्लिज कम्युनिटीका अध्यक्ष सिताराम घिमिरे, लिबरल फेडरल क्याम्बेलटाउन उम्मेदवार बिनोद पौड्याल, स्टेट लिबरल क्याम्बेलटाउन उम्मेदवार जिप्सना पौड्याल, लेबर क्यान्डिेडट क्यालिभिल आलेक्स कार्की, सुदुरपश्चिम समाज अस्ट्रेलियाका लक्ष्मी जोशी, संस्थाका सल्लाहकार अरुण कुमार ठाकुर, अजन मिश्र, अभिषेक झा लगायत समाजका सबै तराई तथा अन्य समुदायका व्यक्तिको बाक्लो उपस्थितिकाबीच ईन्द्रेणी फक्ंसन सेन्टरको हल खचाखच भरिएको थियो ।
कार्यक्रममा कलाकार सुनिल पण्डितका चर्चित गीतहरुले उपस्थित दर्शकहरुलाई नचाएका थिए । त्यस्तै नाच मिलनको प्रस्तुती सहित, आरिफ रावत, बर्षा हिटानीको प्रस्तुती सहित प्रत्यक्ष सगींत प्रस्तुती समेत राखिएको थियो ।
एन्टा अध्यक्ष सुवाशं शाहले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी एवम् उपस्थित दर्शकहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमलाई अस्ट्रेलिया स्थिति विभिन्न व्यवसायिक सघंसंस्थाले प्रायोजन गरेका थिए भने एनआरएनए अस्ट्रेलियाले समेत कार्यक्रममा सहयोगी संस्थाको रुपमा काम गरेको थियो ।
२००८ देखि प्रत्येक वर्ष संस्थाले निरन्तर रुपमा होली विशेष कार्यक्रम गर्दै आएको छ । फागुन शुक्ल पूणर्िमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी र तराईका जिल्लामा हर्षोल्लासका साथ मनाईन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।








