राष्ट्रपति निर्वाचन : रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा

काठमाण्डौ। भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुने भएको

आज बिहान बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकलेनेम्वाङलाई उठाउने निर्णय गरे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको हो

गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्नेहिजो निर्णय लिएका थिए गठबन्धन तोडेर माओवादी कांग्रेससँग नयाँ गठबन्धन गर्न गएको भोलिपल्ट एमालेलले सचिवालय बैठकडाकेर नेम्वाङलाई उम्मेदवार बनाएको हो

निर्वाचन आयोगले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १० देखी बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको निर्वाचन भने२५ फागुनमा हुनेछ