काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।
पछिल्लो मत परिणाम अनुसार समानुपातिकमा पनि नेकपा एमालेले अग्रता लिएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार एमालेले कुल ९ लाख ८३ हजार ३ सय ५८ मत पाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाम तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस ९ लाख २२ हजार ७ सय ५४ मतसहित समानुपातिकमा दोस्रो स्थानमा रहेको छ । यस्तै दोस्रो स्थानमा रहेको माओवादी केन्द्र ४ लाख ८२ हजार ८६ मतसहित तेस्रो स्थानमा रहेको छ ।
यस्तै संघीय समाजवादी फोरम नेपालले ६९ हजार ९०, विवेशशील साझा पार्टी ५५ हजार ३ सय ५६, राप्रपा ५१ हजार १ सय ८५, राप्रपा नेपाल ४३ हजार ८ सय ४, नयाँ शक्ति पार्टी ३२ हजार ७४, राष्टिङय जनामोर्चा २१ हजार ३ सय ८७ र अन्यले ७३ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।






