लन्डनमा नेपाली चेलीको अभूतपूर्व सफलता

Srijanaलन्डन- एकजना नेपाली चेलीले लन्डनमा अभूतपूर्व सफलता हात पारेकी छन् ।

लन्डनमा अध्ययनरत सिर्जना गौतमले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै दोश्रो स्थान हासिल गरेकी छिन् । गत मार्चमा लिइएको परीक्षामा सिर्जनाले विश्वमै दोश्रो उत्कृष्ट नतिजा ल्याएकी छन् ।

सिर्जनाले फाइभ प्रोफेशनल लेभल पेपरमा ३७८ स्कोर ल्याएकी हुन् ।

चितवन लंकु ६ स्थायी निवासी सिर्जना गौतम (भण्डारी) ले गत जुनमा भएको एसीसीए पि वान (प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई उछिन्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी थिइन् ।

सिर्जना सन् २०१० सेप्टेम्बरमा यूके आएकी थिइन् ।