हिउँद सुरु भएलगत्तै गुल्मीमा ५० घर जले, अर्घाखाँचीमा पनि क्षति

(FOCUS)CHINA-TAIWAN-NEW TAIPEI-PARK FIRE(CN)

गुल्मी– हिउँद सुरु भएलगत्तै गुल्मीमा ५० घर जलेका छन् । शनिबारमात्रै ४५ घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एकसातादेखि गुल्मीको बडागाउँको डाँडाथोक सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा धेरै क्षति भएको हो ।

डाँडाथोक हुँदै बिहानैदेखि भञ्ज्याङ, माझगाउँ र दजाकोट तीनतिरबाट आगो बस्तीमा पसेको थियो । आगोले बडागाउँ २ माझगाउँमा ७, बडागाउँ ३ को दजाकोट र बाँझखर्कमा ४ र बडागाउँ १ तल्लो दजाकोटमा कम्तिमा १२ घर जलिसकेको घटनास्थल पुगेका वामीका प्रहरी सहायक निरीक्षक गणेश श्रीषले बताए ।

यसैबीच छिमेकी जिल्ला अर्घाखाँचीमा अहिलेसम्मकै ठूलो आगलागी भएको छ । गत चैत्र महिनादेखि हालसम्म जिल्लाको विभिन्न वनमा लागेको आगो फैलिदै जाँदा जनताका सयौं घर–गोठहरु जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको ठूलो हिस्सा जंगलमै आगो नियन्त्रणमा खटिने गरेको अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।