आइएमई लण्डनले ल्यायो ‘भ्यालेन्टाइन ‘डे’ विशेष योजना अफर, के छन्.?

लण्डन

‘फेब्रुअरी १४’अर्थात् भ्यालेन्टाइन डेको अवसरमा आईएमई लण्डनले  अफर सार्वजनिक गरेको छ। आफ्ना ग्राहकहरूका लागि भ्यालेन्टाईन डे अफर‘सेलिब्रेट लभ योजना सार्वजनिक गरेको हो।

लण्डनको साउथ ह्यारोमा कार्यालय रहेको आईएमईले ग्राहकहरुले पैसा पठाउदा उत्कृष्ट एक्सचेन्ज रेट पाउने र उक्त रेट अहिले सम्मकै उत्कृष्ट रहेको आइएमई लन्डनका प्रमुख कमल पौडेलले लन्डन नेपाल न्युजलाई बताए।

आईएमई लण्डनले बेलायतका नेपालीलाई लक्षित गर्दै नयां अफर ल्याएको जानकारी दिए ।युकेभित्र बस्ने ग्राहकहरूलाई संसारभरका सबै भागहरूमा पैसा स्थानान्तरण गर्न सेवाहरू प्रदान गर्दै आएको र विभिन्न अवसर र चाडपर्वमा विभिन्न प्रचार प्रसार तथा ग्राहकका लागि विभिन्न अफर र कार्यक्रमहरु समेत प्रदान गर्दै आईरहेको आईएमईले भाग्यशाली ग्राहकहरूका लागि हाल आईफोन गिभवे, गिफ्ट ह्याम्पर योजना समेत लागु गरेको छ ।

आईएमई लण्डन बेलायतमा दर्ता भएको रेमिटेन्स कम्पनी हो । यसले सन् २००७ देखि पैसा हस्तान्तरण सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

थप जानकारी को लागि www.imelondo.co.uk को वेब साइट मा हेर्नु होला ।