सिड्नी । अस्ट्रेलियाको क्यानबेरामा पहिलो पटक आयोजना गरिएको नेपाल फेस्टिबल क्यानबेरा-२०२३ को तैयारी अन्तिम चरणमा पुगेको छ । नेपाली मौलिकताको प्रबद्र्धन गर्ने उद्धेश्य राखेर एनआरएनए अस्ट्रेलियाले विभिन्न राज्यहरुमा आयोजना गर्दै आएको नेपाल फेस्टिबल पहिलोपटक क्यानबेरामा यही फेब्रुअरी ११ तारिख शनिवार कोमनवेल्थ पार्कमा हुँदैछ ।
एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् क्यानबेरा राज्य सयोंजक अशोक बस्नेतका अनुसार अहिले फेस्टिबलको तैयारीका कामहरु व्यापक रुपमा अगाडी बढेका छन् । परेड, नेपाल हाउस लगायतका अन्य फेस्टिबलको अवसरमा आयोजना गरिएका कार्यक्रमहरुलाई विभिन्न व्यक्ति र समुहलाई जिम्मेवारी दिईएको र सबैले आफ्नो जिम्मेवारी अन्तिम चरणमा पुर्याएको उनले बताए ।
जसमध्ये परेडका लागि एनआरएनएका सल्लाहकार कृष्ण सुवेदी,नेपाल हाउसका लागि एएनएफएसका अध्यक्ष आशिष देवकोटा र सांस्कृतिक कार्यक्रम तर्फ प्रकाश केसीलाई जिम्मेवारी दिईएको छ ।
परेड बिहान साढे १० बजेबाट सुरु हुने र परेडमा सहभागीताका लागि अस्ट्रेलियामा रहेका विभिन्न नेपाली सघंसंस्थालाई समेत पत्राचार गरिएको उनले बताए । फेस्टिबलमा १५ देखि १८ देशको राजदुत,बहुसांस्कृतिक मन्त्री सहभागी हुँदैछन् । बस्नेतले अहिले प्रचार प्रसार र निमन्त्रणाको काम पनि तीब्र रुपमा अगाडी बढिरहेको बताए । उनले स्थानीय एसीडिको बसमा नेपाल फेस्टिबलको प्रचार सामाग्री राखिएको स्टीकर टास्नुका साथै, स्थानीय सञ्चार माध्यममा समेत प्रचार प्रसार गरिएको बताए ।
कार्यक्रममा पहिलो पटक अस्ट्रेलियाका गभर्नर जनरलले नेपालीका लागि शुभकामना शन्देश पठाउन पठाउने भएका छन। मेलामा १० देखि १५ हजार दर्शकहरु सहभागी हुने आयोजकको अनुमान रहेको छ । कार्यक्रममा भ्वाईस अफ नेपालको समुहले सागींतिक प्रस्तुती दिनेछ । भ्वाईस अफ नेपालका कोच एवम् चर्चित गायक प्रमोद खरेल, होस्ट सुशिल नेपाल, भ्वाईस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, सिजन ४ का विजेता करण राई, प्रतियोगीतहरु बर्षा हितानी आरिफ रफले मेलामा सागींतिक प्रस्तुती दिनेछन् ।
नेपाली पहिचानलाई विश्वमाझ पुर्याउनु, नेपालको पर्यटनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रबर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसंग जोडिराख्नु नेपाल फेस्टिवल आयोजना गर्नुका मूख्य उद्देश्य रहेको आयोजकको भनाई छ ।
फेस्टिवलमा बहुसांस्कृतिक प्रस्तुतिहरु, नेपाली सांस्कृतिक प्रस्तुतिहरु, प्रत्यक्ष सांगीतिक प्रस्तुति, नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुडस्टल रहनेछन् । परेड, औपचारिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम सगैं नेपालबाट आएका कलाकाहरुको प्रस्तुती र बच्चाहरुको रमाईलो खेल, विभिन्न क्षेत्रका खानाका परिकार, विभिन्न समुदायका संस्कृति झल्किने गरेर नेपाल हाउस समेटिएको बस्नेतले बताए ।
कार्यक्रम सम्पन्न गर्न ईभेन्ट पार्टनरको रुपमा सक्सेस एजुकेशन एण्ड भिषा सर्भिसेज, प्लाटिनम पार्टनरको रुपमा एबिएच होम,ईलुस्टारटेड पोर्पटीज,क्राउन ईन्स्टिच्युट अफ हाईली एजुशेकन,ग्रेस ईनटरनेशनल,युनिभर्सिटी अफ क्यानबेरा,एक्पर्ट एजुकेशन र राईट्स एण्ड एशोसियट्सले सहयोग गरेका छन् ।







