सिड्नी । नेपालको चर्चित गायन कला सम्बन्धी रियालिटी शो भ्वाईस अफ नेपालको टिम अस्ट्रेलियाका विभिन्न शहरहरुमा प्रस्तुतीकालागि आउने भएको छ ।
सर्वाधिक रुचाईएको उक्त शोका प्रतिष्प्रधी,विजेता र निर्णायक सहित जम्बो टोलि अस्ट्रेलियामा आयोजित विभिन्न साँस्कृतिक कार्यक्रममा प्रस्तुतीकालागि आउने भएका हुन् ।
युनिभर्सल थर्डकन्सर्ट (युटिसी)को सयोंजनमा ६ वटा ठाउँमा हुने सागींतिक ईभेन्ट्समा उनीहरु सहभागी हुने युटिसी अस्ट्रेलियाका प्रबन्धक शिव वञ्जराले जानकारी दिए ।
भ्वाईस अफ नेपालका होस्ट सुशिल नेपाल सहित निर्णायक एवम् राष्ट्रिय कलाकार प्रमोद खरेल, बिजेताहरु करण राई ,किरण गजमेर, प्रतिष्प्रधीहरु बर्षा हितानी, निहारिका ज्ञवाली र अरिफ रफ लगायतका कलाकारहरु आउदै गरेको उनले बताए । बेजोड सागींतिक प्रस्तुती सगैं अस्ट्रेलियामा भ्वाईस अफ नेपाल घन्किने भएकाले कार्यक्रममा उपस्थित हुन उनको आग्रह समेत छ ।
उनीहरु पहिलो कार्यक्रमको रुपमा ११ फेब्रुवरी क्यानबेरामा हुने नेपाल फेस्टिबलमा प्रस्तुती दिनेछन् । त्यस्तै १८ फेब्रुअरी सिड्नीको बेकंस्टाउनको पेसवेयमा हुने कार्यक्रममा सहभागी हुदैछन् ।कार्यक्रमको युनिभर्सल थर्डकन्सर्टको आयोजना र फेन्टास्टिक ईभेन्ट्सले ईभेन्टस् पार्टनरको रुपमा सहयोग गरेको छ ।
सिड्नीमा हुने उक्त कार्यक्रममा करिब २ हजार दर्शकको उपस्थिति हुने आयोजकको अनुमान रहेको छ ।
बञ्जराका अनुसार भ्वाईस अफ नेपालको टिमले १४ फेब्रुअरीमा मेलवर्न, १७ फेब्रुअरीमा एडिलेड, २२ फेब्रुअरीमा ब्रिजबेन र २५फेब्रुअरिमा ब्रिजबेनको केन्समा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।
कार्यक्रम अस्ट्रेलियाका अन्य २ सहरमा पनि गर्ने तैयारी भईरहेको छ ।







