प्रतिनिधिसभा सदस्यले लिए शपथ, १७ जना सांसद अनुपस्थित

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयता शपथ लिएका छन् । नयाँबानेश्वरस्थित संघीय संसदै भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरूले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले संसद् बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।

प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद् सचिवालयले जनाएको छ ।

बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूको शपथ पछि हुनेछ ।