धनुषामा बञ्चरो प्रहार गरी श्रीमानद्धारा श्रीमतीको हत्या

धनुषा । धारिलो हतियार प्रहार गरेर धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको थियो ।

त्यसपछी अनुसन्धान गर्दा उनका श्रीमानले नै धारीलो हतियार बञ्चरो प्रहार गरेर हत्या गरेको खुलेको हो । गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले श्रीमतीमाथि प्रहार गरेर पोखरीमा फालेको बञ्चरोसहित विरेन्द्रलाई नियन्त्रणमा लिएको बताए । उनका ४ वर्षीय र ६ वर्षीय दुई छोरा छन् । थप अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।