शिब भण्डारी
लन्डन। पर्बत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा अप्सरा गुरुङ र वरिष्ठ उपाध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्।आईतवार सम्पन्न सोसाईटीको ९ औँ अधिवेशनले गुरुङको अध्यक्षतामा २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

२०२२-०२४ का लागि नवगठित समितिको उपाध्यक्षहरुमा भरत पौड्याल, विक्रम मल्ल, महा सचिवमा सञ्जय भण्डारी, सचिवहरुमा भक्त राना, गगां क्षेत्री चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा भिमलाल भट्टराई, सह-कोषाध्यक्षमा ढाकाराम बस्याल तथा सदस्यहरुमा शान्ता गुरुङ,लिडिया गुरुङ, सुप्रिया गुरुङ,जीवन तिवारी,बिन्दु गुरुङ,निर्मला गुरुङ,मना गुरुङ,बिष्णु गुरुङ र हितमान गुरुङ रहेका छन् ।

कार्यक्रममा वेलफेयर सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङ,निबर्तमान अध्यक्ष नेत्र आले, पूर्व अध्यक्ष दधि आचार्य,अन्तर्राष्ट्रिय पर्वत समाजका पूर्व अध्यक्ष एबम सल्लाहकार पुरन गिरी,सल्लाहकारहरु ज्ञाम गुरुङ,कुसाङ गुरुङ, हरि गुरुङ,जुम काजि गुरुङ,थर्क राना,यूबन गुरुङ लगायतले नवगठित कार्यसमितिलाई सस्थाको गरिमालाई उँचो बनाई राख्न आग्रह गर्दै कार्यसफलताको शुभकामना समेत दिए।

नब निर्बाचित अध्यक्ष अप्सरा गुरुङले लन्डन नेपाल न्युज संग बोल्दै पर्बत वेलफेयर सोसाइटी युके एक सशक्त सामाजिक संस्थाको रुपमा रहेको र यसले बेलायत मात्र नभई मातृभूमिलाई पनि उत्तिकै सहयोग गर्दै आएको बताईंन्।

सन् २००२ मा स्थापित पर्बत वेलफेयर सोसाइटी यूके बेलायतको नेपाली समुदायमा सक्रिय संस्थाका रुपमा परिचित छ । समाजले विभिन्न समयमा च्यारिटीमूलक कार्य र मातृभूमिमा विभिन्न समस्या पर्दा सहयोग पनि गर्दै आएको छ ।






